NIMB Header 2
Nepal Life

कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

Citizen Life
  • BFIS News
  • 2025 Apr 13 11:40
कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी
Muktinath Bank

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न विभागका लागि कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। बैंकिङ क्षेत्रमा क्यारियर बनाउन इच्छुक, ऊर्जावान र आत्मप्रेरित नेपाली नागरिकहरूमा बैंकले दरखास्त माग गरेको हो।

NIMB

सूचना अनुसार, बैंकले सेमी-क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट, कानुनी विभाग, डिजिटल अपरेसन विभाग, डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ, ब्रान्च म्यानेजर र सर्भिस म्यानेजर पदमा कर्मचारी माग गरेको छ।

सेमी-क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पदका लागि आईक्यानबाट CAP-II वा ICAI बाट IPCC उत्तीर्ण गरी तीन वर्षको आर्टिकलसिप गरेका उम्मेदवारले आवेदन दिन सक्नेछन्। बैंक तथा वित्तीय संस्थामा अनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने छ। फ्रेशर उम्मेदवारले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कानुनी विभाग अन्तर्गत एलएलबी, बीए.एलएलबी वा बीबीएम.एलएलबी उत्तीर्ण गरी नेपाल बार काउन्सिलको एडभोकेट लाइसेन्स प्राप्त गरेका, न्यूनतम ५० प्रतिशत अंक वा २.४० CGPA हासिल गरेका उम्मेदवारले दरखास्त दिन सक्नेछन्। नयाँ स्नातक वा नतिजा प्रतीक्षारत उम्मेदवारले पनि आवेदन दिन सक्ने छन्।

डिजिटल अपरेसन विभाग मा भने व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरी ५० प्रतिशत वा २.४० CGPA प्राप्त गरेका, मोबाइल बैंकिङ, क्यूआर, वालेट तथा अन्य डिजिटल उत्पादनको कार्यानुभव भएका उम्मेदवारको माग गरिएको छ।

त्यस्तै, डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ तर्फ व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण र ट्रान्जेक्सन बैंकिङको मार्केटिङ तथा क्याम्पेन व्यवस्थापनमा अनुभव भएका उम्मेदवारको आवश्यकता रहेको छ।

ब्रान्च म्यानेजर तथा सर्भिस म्यानेजर पदका लागि देशभर शाखाहरूमा नियुक्ति गरिनेछ। ब्रान्च म्यानेजरका लागि शाखा व्यवस्थापनमा कम्तिमा तीन वर्षको अनुभव, कम्प्लायन्स, अपरेसनल रिस्क, क्रेडिट पोर्टफोलियो वृद्धि र सेल्स ओरिएन्टेड क्षमतायुक्त उम्मेदवार चाहिएको छ। सर्भिस म्यानेजर पदमा भने दुई वर्षको अनुभव, अपरेशनल दक्षता तथा एएमएल कम्प्लायन्स ज्ञान भएकाले आवेदन दिन सक्नेछन्। उम्मेदवारको उमेर हद सहायकस्तरका लागि ३० वर्ष र अधिकृतस्तरका लागि ३५ वर्ष रहनेछ।

इच्छुक तथा योग्य उम्मेदवारहरूले २०७२ वैशाख १० गते (२०२५ अप्रिल २३ तारिख) भित्र https://www.career.kamanasewabank.com, (https://www.career.kamanasewabank.com) मा गएर अनलाइन आवेदन दिन सक्नेछन्। बैंकले सूचीकृत उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ताका लागि सम्पर्क गर्ने जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया