Nepal Life

पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म १७ लाख ४८ हजारले दिए आवेदन

NMB Bank
  • BFIS News
  • 2025 Apr 15 10:39
पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म १७ लाख ४८ हजारले दिए आवेदन
United Ajod

काठमाडौं । पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख २ गते) अन्तिम दिन रहेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गरेको छ, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबर हुन्छ।

कम्पनीले आफ्नो ८० करोड रुपैयाँ जारी पूँजीको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएर वितरण गरिसकेको छ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १ लाख ४४ हजार कित्ता सेयर, सामूहिक लगानी कोषका लागि ७२ हजार कित्ता, र कर्मचारीका लागि २८ हजार ८०० कित्ता सेयर पहिले नै निष्कासन गरी बाँडफाँट गरिएको छ।

आवेदन प्रक्रिया र सीमा

आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको आवेदन दिन सक्नेछन्। पहिलो तीन कार्यदिनमा माग भन्दा धेरै गुणाले आवेदन परे सँगै कम्पनीले छिटोमा आजसम्म मात्रै निष्काशन गर्ने भएको हो । कम्पनीको आइपिओमा अहिलेसम्ममा १७ लाख ४८ हजारले २ करोड ६ लाख कित्ताको लागि अर्थात २ अर्ब ६ करोड रुपैयाँको आवेदन दिइसकेका छन् । 

रेटिङ र आयोजना विवरण

आईपीओ निष्कासनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई "CARE NP BB+ (Issuer Rating)" प्रदान गरेको छ, जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। पियोर इनर्जी लिमिटेडले प्रवद्र्धन गरेका दुईवटा १० मेगावाट क्षमताका सौर्य पि.भी. विद्युत आयोजना सञ्चालनको क्रममा छन्।

ब्लक १: कुल लागत १ अर्ब २५ करोड ४७ लाख रुपैयाँ, प्रतिमेगावाट लागत १२ करोड ५५ लाख रुपैयाँ। विद्युत उत्पादन अनुमति २०७७ पुस २ गते प्राप्त।

ब्लक २: कुल लागत १ अर्ब १७ करोड ६ लाख रुपैयाँ, प्रतिमेगावाट लागत ११ करोड ७१ लाख रुपैयाँ। उत्पादन अनुमति २०७७ मंसिर २९ गते प्राप्त।

यी दुवै आयोजना अझै २० वर्ष ११ महिना अवधि बाँकी रहेको छ। कम्पनीका अनुसार लगानी फिर्ता हुने औसत अवधि ८.१२ वर्ष रहेको छ, भने छुट सहितको (discounted) अवधि १२.४२ वर्ष छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखाहरू, वा 'मेरो शेयर' प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

प्योर इनर्जी लिमिटेडको स्थापना २०१८ साल जुन १९ मा गरिएको थियो। यो कम्पनी गोल्यान समूह र आरईनेर्गो डेभलपर्स प्रा.लि.सँग सम्बन्धित प्रवर्द्धकहरूको लगानीमा स्थापना भएको हो। कम्पनीको मुख्य उद्देश्य बाँके जिल्लाको रानियापुर गाउँ विकास समितिमा २० मेगावाट ग्रिड-जडित सौर्य फोटोभोल्टिक (PV) परियोजना निर्माण गर्नु हो। हाल दुवै सौर्य परियोजनाहरू सञ्चालनमा रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया