Nepal Life

नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरको नयाँ नोट सार्वजनिक, महाप्रसाद अधिकारीको हस्ताक्षर सहित यस्ता छन् विशेषता

NMB Bank
  • BFIS News
  • 2025 Apr 15 13:37
नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरको नयाँ नोट सार्वजनिक, महाप्रसाद अधिकारीको हस्ताक्षर सहित यस्ता छन् विशेषता
United Ajod

काठमाडौं, वैशाख २ गते — नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरको नयाँ सिरिजको नोट सार्वजनिक गरी प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले जानकारी दिँदै नयाँ नोट साविककै आकार तथा रंगमा रहेको र यसमा हालै अवकाश प्राप्त गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकले पाँच रुपैयाँ दरको यो नयाँ नोट क्रम संख्या "न ४५ ०००००१" देखि "भ १८ ९९९९९९" सम्म प्रचलनमा ल्याउने व्यवस्था मिलाएको छ। यसअघि सन् २०७७ मंसिर १० गतेदेखि पाँच रुपैयाँ दरको बैंक नोट क्रम संख्या "थ ३४ ०००००१" देखि "न ५४ ९९९९९९" सम्म चलनचल्तीमा ल्याइने भनिएपनि "थ ३४ ०००००१" देखि "न ४४ ९९९९९९" सम्म मात्र वितरणमा आएको थियो। बाँकी सिरिज भने वितरणमा ल्याइएन।

नयाँ नोटको विशेषता

नयाँ जारी गरिएको पाँच रुपैयाँ दरको नोटमा अगाडि भागको बायाँतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथाको चित्र तथा दायाँतर्फ राष्ट्रिय फूल लालीगुराँसको पानी छाप राखिएको छ। नोटको माथिल्लो भागमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत छ। साथै, तल्लो भागको सिमानामा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ।

नोटको पछाडि भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजी भाषामा ‘NEPAL RASTRA BANK’ लेखिएको छ। यसै गरी, नोटको मध्य भागमा नेपालको उच्च हिमाली क्षेत्र — हुम्ला जिल्लाको लिमी क्षेत्रमा पाइने वन्य याक (जोपो) र हिमाली दृश्यचित्र समावेश गरिएको छ। नोटको तल्लो भागमा अंग्रेजीमा ‘RUPEES FIVE’ लेखिएको छ भने सन् अनुसारको सिरिज नम्बर ‘2024 AD’ उल्लेख गरिएको छ।

आर्थिक स्थिरतासँगै पुराना नोट क्रमशः प्रतिस्थापन

राष्ट्र बैंकका अनुसार समयअनुसार पुराना र जीर्ण नोट प्रतिस्थापन गरी नयाँ नोट प्रचलनमा ल्याउने कामलाई निरन्तरता दिइएको छ। आर्थिक स्थिरता र नोटको जीवन अवधि दीर्घकालीन बनाउन उच्च सुरक्षा विशेषतायुक्त नोट प्रचलनमा ल्याइँदै आएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंक स्रोतका अनुसार, पाँच रुपैयाँ दरका नोट साना कारोबार तथा ग्रामीण क्षेत्रमा बढी प्रयोग हुने भएकाले समयमै नयाँ नोट वितरण गरिँदै आएको छ। यस नोटले पुराना नोट क्रमशः विस्थापित गर्नेछ र बजारमा नोटको अभाव नहुने जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया