Nepal Life

त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई

RBB
  • BFIS News
  • 2025 Apr Tue 20:38
त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई
Shikhar detail

काठमाडौँ, वैशाख २ गते । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन् । 

NIMB

पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो । 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया