NIMB Header 2
Nepal Life

शेयर धितो कर्जाको व्याजदर ७ वर्ष यताकै कम, एभरेष्टले ६.५६ % मै दिदा कुन बैंकको व्याजदर कति (हेर्नुहोस् सूचिसहित)

Citizen Life
  • BFIS News
  • 2025 Apr 16 05:01
शेयर धितो कर्जाको व्याजदर ७ वर्ष यताकै कम, एभरेष्टले ६.५६ % मै दिदा कुन बैंकको व्याजदर कति (हेर्नुहोस् सूचिसहित)
Muktinath Bank

काठमाडौं । नयाँ वर्ष २०८२ सालको बैशाख महिनाका लागि बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जामा लाग्ने ब्याजदर सार्वजनिक गरेका छन्। बैशाख महिनाका लागि सार्वजनिक गरेको शेयर धितो कर्जाको व्याजदर ७/८ वर्ष यताकै कम रहेको बैंकरहरुले जनाएका छन् । अहिलेको व्याजदर कोभिड १९ भन्दा अगाडीको अवस्थामा पुगेको छ । चैत मसान्त २०७६ मा निक्षेपको भारित औसत व्याजदर ६.७४ प्रतिशत रहेको थियो । अहिले बाणिज्य बैंकहरुको औषत व्याजदर ६.३४ प्रतिशत छ । 

NIMB

सार्वजनिक गरिएको व्याजदर अनुसार एभरेष्ट बैंकले सबैभन्दा कम ६.४६ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ। त्यसपछि कृषि विकास बैंकले ६.५२ प्रतिशतमा कर्जा दिने जनाएको छ भने ग्लोबल आइएमई बैंकको ब्याजदर ६.५६ प्रतिशत छ। यस्तै, सिद्धार्थ बैंकले ६.६९ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६.७८ प्रतिशत ब्याजदर कायम गरेका छन्।

त्यसैगरी, सबैभन्दा बढी ब्याजदर लिने वित्तीय संस्थाहरूमा बेस्ट फाइनान्स, गोर्खाज फाइनान्स, सिन्धु विकास बैंक र मञ्जुश्री फाइनान्स रहेका छन्। बेस्ट फाइनान्सले १०.७७ प्रतिशतदेखि १५.७७ प्रतिशतसम्म ब्याजदर लिने व्यवस्था गरेको छ। गोर्खाज फाइनान्सले ८.८४ प्रतिशतदेखि १५.८४ प्रतिशत, सिन्धु विकास बैंकले ८.६८ प्रतिशतदेखि १३.६८ प्रतिशत र मञ्जुश्री फाइनान्सले ९.२१ प्रतिशतदेखि १३.२१ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

नबिल बैंकको सेयर कर्जा दर पनि सस्तो

नबिल बैंकले ५० लाख रुपैयाँभन्दा बढीको शेयर धितो कर्जामा ७.०५ प्रतिशतदेखि ९.०५ प्रतिशत ब्याजदर लिएको छ भने ५० लाख रुपैयाँसम्मको कर्जामा ७.०५ प्रतिशतदेखि ८.८० प्रतिशत ब्याजदर कायम गरेको छ। यो दर अन्य बैंकहरूसँग तुलना गर्दा प्रतिस्पर्धी र सस्तो मानिएको छ।

ब्याजदर र शेयर बजारको सम्बन्ध

हाल सेयर बजार बुलिस प्रवृत्तिमा छ। राजनीतिक स्थिरता, राष्ट्र बैंकको खुकुलो मौद्रिक नीति र वित्तीय संस्थाहरूमा देखिएको कर्जाको व्यवस्थापन सुधारले बजारमा सकारात्मक प्रभाव पारेको छ। कांग्रेस र एमालेबीच सत्ता साझेदारी, खराब कर्जा वृद्धिमा रोक, र ब्याजदरमा आएको गिरावटले बजारलाई गति दिएको देखिन्छ। तर, सरकार परिवर्तनको हल्ला र राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ जस्ता कारणले पुरानो उचाइ भने पार गर्न सकेको छैन।

बैंकहरूले निक्षेपमा दिने ब्याजदर र सेयर बजारबीच प्रत्यक्ष सम्बन्ध रहन्छ। ब्याजदर घट्दा बजार चढ्छ भने ब्याजदर बढ्दा बजारमा गिरावट आउने गर्छ। ब्याजदर घट्दा लगानीकर्ताहरू बैंक निक्षेपबाट पैसा झिकेर बढी प्रतिफल दिने सेयर बजारमा लगानी गर्न आकर्षित हुन्छन्। साथै, ब्याजदर घटेसँगै बैंकहरूको पुँजी लागत घट्ने र कर्जाको ब्याजदर समेत घट्ने भएकाले कर्जा लिनेको संख्या बढ्ने विश्लेषकहरू बताउँछन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया