Nepal Life

प्रभु बैंक गण्डकी प्रदेश र कृषि बजार व्यवस्थापन समिति पोखरा कास्कीबीच सम्झौता, एसएमइमा पहुँच बृद्धि

NMB Bank
  • BFIS News
  • 2025 Apr 16 05:29
प्रभु बैंक गण्डकी प्रदेश र कृषि बजार व्यवस्थापन समिति पोखरा कास्कीबीच सम्झौता, एसएमइमा पहुँच बृद्धि
United Ajod

काठमाडौं । प्रभु बैंक गण्डकी प्रदेश र कृषि बजार व्यवस्थापन समिति पोखरा कास्कीबीच सम्झौता पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ। डिजिटल युगसँगै बैंकिङ अभ्यासलाई सशक्त र विस्तार गर्ने उद्देश्यले गरिएको यस सहकार्यले व्यवसायीहरूलाई साना तथा मझौला उद्योग (SME) कर्जामा पहुँच दिनुका साथै वित्तीय परामर्श र सहुलियतपूर्ण वित्तीय सेवामार्फत व्यवसाय सुदृढ गर्ने अवसर प्रदान गर्नेछ।

Shikhar
Nepal Life
NIMB

पोखराको प्रमुख कृषि थोक बजारहरूमध्ये एक कृषि बजारमा १५० भन्दा बढी सक्रिय स्टलहरू रहेका छन्। यस्तो बजारमा डिजिटल प्लेटफर्ममार्फत वित्तीय कारोबारलाई सरल र सहज बनाउन तथा ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउन यस सम्झौताले महत्वपूर्ण अवसर सिर्जना गर्ने विश्वास बैंकले लिएको छ।

नयाँ वर्षको सुरुवातसँगै प्रभु बैंकले आधुनिक बैंकिङ सेवा, नगदरहित कारोबार प्रबर्द्धन गर्नुका साथै स्थानीय व्यवसायहरूलाई सुरक्षित र सरल डिजिटल बैंकिङ पहुँच उपलब्ध गराई आर्थिक सशक्तीकरणतर्फ समेत योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया