NIMB Header 2
Nepal Life

नेपालको पुँजी बजार सुदृढीकरणका लागि बोर्ड, नेप्से र सिडिएससीबीच समन्वयात्मक छलफल सम्पन्न

National Life
  • BFIS News
  • 2025 Apr 16 13:54
नेपालको पुँजी बजार सुदृढीकरणका लागि बोर्ड, नेप्से र सिडिएससीबीच समन्वयात्मक छलफल सम्पन्न
Sanima Reliance

काठमाडौं, २०७८ वैशाख ४ – नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाई, तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) का प्रबन्ध सञ्चालक प्रविन पण्डाबीच नेपालको पुँजी बजार र यससँग जोडिएका प्रणालीहरूलाई थप परिष्कृत बनाउने उद्देश्यले बुधबार एक महत्वपूर्ण समन्वयात्मक छलफल सम्पन्न भएको छ।

Shikhar
NIMB

बोर्डको कार्यालय, खुमलटार ललितपुरमा सम्पन्न उक्त छलफलमा बोर्डका नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठ र सुपरीवेक्षण विभाग प्रमुख रूपेश के.सी. समेत सहभागी थिए। छलफलमा आगामी दिनहरूमा यस्ता समन्वयात्मक बैठकहरू नियमित रूपमा आयोजना गर्दै जानेसमेत सहमति भएको छ।

तीन वटै संस्थाका प्रमुख पदाधिकारीहरू नव नियुक्त हुन्। प्रविन पन्दाक बाहेक अध्यक्ष श्रेष्ठ र सीईओ चापागाई पुँजी बजारको नेतृत्वमा नयाँ अनुहारका रूपमा आएका हुन्। अध्यक्ष श्रेष्ठको कार्यशैलीबारे सार्वजनिक रुपमा आलोचना हुँदै आएको छ भने चापागाईको कामकारबाही अझै मूल्याङ्कनको चरणमा छ।

संस्थागत समन्वय र निरन्तर संवादमार्फत पुँजी बजारमा पारदर्शिता, दक्षता र विश्वसनीयता अभिवृद्धि गर्ने लक्ष्यसहित छलफल गरिएको जानकारी प्राप्त भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया