Nepal Life

विन नेपाल लघुवित्तको एफपीओ आइतबार बाँडफाँट हुने

NMB Bank
  • BFIS News
  • 2025 Apr 16 16:59
विन नेपाल लघुवित्तको एफपीओ आइतबार बाँडफाँट हुने
United Ajod

काठमाडौं । विन नेपाल लघुवित्तको थप सार्वजनिक निष्काशन (एफपीओ) को बाँडफाँट आइतबार (वैशाख ७) गते हुने भएको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार सो दिन एफपीओ बाँडफाँट गर्ने योजना रहेको छ।

Shikhar
Nepal Life
NIMB

एफपीओमा माग अत्यधिक भएकाले गोलाप्रथाबाट बाँडफाँट हुने भएको छ। कुल १९ लाख ७४ हजार ७०९ जनाले २ करोड ३३ लाख ८४ हजार कित्ताका लागि आवेदन दिएका छन्, तर ५ हजार १२९ जनाले मात्र सेयर पाउनेछन्। कम्पनीले चैत २१ देखि २६ गतेसम्म ५१ हजार २९२.५० कित्ता एफपीओ प्रतिकित्ता १०० रुपैयाँमा निष्काशन गरेको थियो।

सर्वसाधारणको स्वामित्व ३० प्रतिशत पुर्याउन एफपीओ ल्याइएको हो। क्रेडिट रेटिङ संस्था केयर नेपालले यस एफपीओलाई ‘NP B’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम संकेत गर्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया