NIMB Header 2
Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2025 Apr 17 13:40
सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं, बैशाख ४ गते । सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात बैशाख ५ गते बुकक्लोज गर्दैछ।

Shikhar
NIMB

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.२७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार