लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले जित्यो काइयी अटो ग्लोबल सम्मेलन २०२५ मा 'मोस्ट प्रोमिशिंग पार्टनर' पुरस्कार
- BFIS News
- 2025 Apr Wed 19:36

काठमाडौँ, बैशाख १७ गते । नेपालका लागि काइयी मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी प्रा. लि. र जी.ओ. अटोमोबाइल्स प्रा. लि. लाई चीनको यिबिनमा आयोजित काइयी अटो ग्लोबल बिजनेस सम्मेलन २०२५ मा संयुक्त रूपमा 'मोस्ट प्रोमिसिग पार्टनर' पुरस्कारबाट सम्मानित गरिएको छ ।
यो पुरस्कारले लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सलाई नेटवर्कभरिका ५० क्षेत्रीय वितरकहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने वितरकहरूमा उभ्याएको छ र यसले नेपाली बजारमा बलियो वृद्धि क्षमता र प्रभावकारी प्रदर्शनलाई प्रतिबिम्बित गरेको छ ।
यो कार्यक्रम अन्तर्राष्ट्रिय सहकार्यको उत्सवको रुपमा अन्तरदृष्टिपूर्ण छलफल, रणनीतिक नेटवर्किङ र रोमाञ्चक विश्वव्यापी साझेदारीहरूसहित आयोजना गरिएको थियो ।
यस प्रतिष्ठित सम्मानले लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सको नेपाली बजारमा काइयी सवारी साधनहरूलाई ग्राहकसम्म पुर्याउने र प्रवर्द्धन गर्ने उत्कृष्ट प्रयासप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ भने उनीहरुको ग्राहकलाई सन्तुष्ट बनाउने र सम्भावित वृद्धिप्रतिको प्रतिबद्धतालाई पनि प्रमाणित गरेको छ ।
यस गतिलाई अगाडी बढाउदै काइयी नेपालले लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्समार्फत नेपाली उपभोक्ताहरूको विशिष्ट आवश्यकताहरू र प्राथमिकताहरू पूरा गर्न डिजाइन गरिएका नयाँ मोडेलहरूको रोमाञ्चक लाइनअप सुरु गर्ने तयारी गरेको छ । यी सवारी साधनहरूले स्थानीय ड्राइभिङ अनुभवलाई पुन: परिभाषित गर्न उन्नत सुविधाहरू र उत्कृष्ट परफरमेन्स र ग्राहकको सन्तुष्टिसहितको मूल्य निर्धारणको प्रतिबद्धता गर्दछन् ।
यस अवार्डसँगै लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सले नेपालभरि 'इनोभेसन एण्ड रिलायबल मोबिलिटी सोलुसन्स- innovative and reliable mobility solutions' प्रदान गर्ने आफ्नो समर्पणलाई पुन: पुष्टि गरेको छ ।
प्रतिक्रिया