NIMB Header 2
Nepal Life

एन.आई.एम.बी. स्टक मार्केट्सले नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम सार्वजनिक गर्‍यो

National Life
  • BFIS News
  • 2025 May 02 08:51
एन.आई.एम.बी. स्टक मार्केट्सले नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम सार्वजनिक गर्‍यो
Sanima Reliance

काठमाडौं । एन.आई.एम.बी. स्टक मार्केट्स लिमिटेडले नेपालमा डिजिटल सेयर कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (TMS) सार्वजनिक गरेको छ।

Shikhar
NIMB

२०८२ वैशाख १४ गते (अप्रिल २७, २०२५) देखि आधिकारिक रूपमा सुरु गरिएको यो प्रणालीले लगानीकर्ताहरूलाई अझ सहज र प्रभावकारी रूपमा सेयर कारोबार गर्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ।

नयाँ प्रणालीमार्फत प्रयोगकर्ताहरूले एकै प्लेटफर्मबाट अर्डर राख्न, पोर्टफोलियो व्यवस्थापन गर्न, बजार गतिविधि वास्तविक समयमा ट्र्याक गर्न तथा दलालसँग प्रत्यक्ष सम्पर्क राख्न सक्नेछन्।

प्रणालीका मुख्य विशेषताहरूमा सहज र प्रयोगमैत्री इन्टरफेस, रियल–टाइम ट्र्याकिङ, उच्च सुरक्षा, छरितो कारोबार प्रक्रिया र मोबाइलमै समेत पहुँच हुने सुविधा रहेका छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) सन्दीप के. दाहालले यो प्रणालीलाई नेपालको पूँजी बजारमा डिजिटल रूपान्तरणतर्फको महत्वपूर्ण फड्को भएको बताए।

लगानीकर्ताहरूले आफूले प्रयोग गर्दै आएको लग–इन विवरणमार्फत https://tms.nimbstock.com.np/atsweb/login मा लग–इन गरी प्रणाली प्रयोग गर्न सक्नेछन्। प्रणाली प्रयोगमा सहयोग आवश्यक परेमा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया