NIMB Header 2
Nepal Life

पूँजी बजार सुदृढीकरणमा नीति तथा कार्यक्रमको जोड

National Life
  • BFIS News
  • 2025 May 02 18:10
पूँजी बजार सुदृढीकरणमा नीति तथा कार्यक्रमको जोड
Sanima Reliance

काठमाडौं, बैशाख १९ गते। सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजी बजार सुदृढीकरण तथा पारदर्शिता अभिवृद्धिमा विशेष जोड दिएको बताएका छन्।

Shikhar
NIMB

राष्ट्रपतिले प्रस्तुत गरेका अनुसार, "व्यापार सम्झौता विस्तार, वैकल्पिक वित्त र वस्तु विनिमयसम्बन्धी कानुन निर्माण गरिनेछ। नविन वित्तीय उपकरणमार्फत सम्भावना भएका सार्वजनिक पूर्वाधारमा निजी पूँजी आकर्षित गरिनेछ। साथै, धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्ज पुनर्संचरना गरी पूँजी बजारको क्षमता एवम् पारदर्शिता बृद्धि गरिनेछ।"

धितोपत्र बोर्डको सुदृढीकरण

धितोपत्र बोर्डलाई सुदृढ बनाउने उपायहरूमा प्राविधिक स्रोतसाधन अभिवृद्धि, दक्ष जनशक्ति परिचालन, नियामकीय पहुँच विस्तार, तथा अनुसन्धान र अनुगमन क्षमतामा सुधार मुख्य छन्। नयाँ ऐन/नियमावलीमार्फत बोर्डलाई थप अधिकार र स्वायत्तता दिइनु पर्ने विज्ञहरु बताउछन् ।

स्टक एक्सचेन्जको पुनर्संरचना

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पुनर्संरचना गर्न यसको संस्थागत व्यवस्थापन सुधार, डिजिटल पूर्वाधार आधुनिकीकरण, निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दै Multi-dimensional trading platform लागु गर्नु पर्ने विज्ञहरुको सुझाव छ ।

पूँजी बजारको क्षमता र पारदर्शिता

क्षमता वृद्धि: थप कम्पनीहरूलाई सूचीबद्ध गराउने, वैकल्पिक लगानी साधनहरू (जस्तै: डेरिभेटिभ्स, इन्भेस्टमेन्ट ट्रस्ट) विकास गर्नु पर्नेछ। पारदर्शिता: अनलाइन सूचनाको सहज पहुँच, लगानीकर्ताको सुरक्षाका लागि खुला सूचना प्रवाह, र नियामक निकायबाट नियमित अनुगमन आवश्यक हुन्छ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा पूँजी बजारको सुधारमार्फत दीर्घकालीन वित्तीय स्थायित्व र निजी क्षेत्रको सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ। यदि यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने नेपालको पूँजी बजार दक्षिण एसियामै प्रतिस्पर्धी बन्ने छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया