NIMB Header 2
Nepal Life

छ्याङ्दी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर जेठ एक गतेसम्म कायम शेयरधनीले मात्रै पाउने

National Life
  • BFIS News
  • 2025 May 08 11:14
छ्याङ्दी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर जेठ एक गतेसम्म कायम शेयरधनीले मात्रै पाउने
Sanima Reliance

काठमाडौं, २ जेठ २०८२ । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति सार्वजनिक गरेको छ। कम्पनीले आगामी जेठ २ गतेलाई बुक क्लोज मिति तोकेको छ। यस अनुसार, जेठ १ गतेभित्र सेयर कायम गर्ने सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

Shikhar
NIMB

कम्पनीले हाल कायम रहेको ३८ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद सेयर जारी गर्दैछ। यस अनुसार कम्पनीले ३८,६९,७७५ कित्ता सेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य ३८ करोड ६९ लाख रुपैयाँ हुनेछ। हकप्रद सेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी बढेर ७७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ।

यस हकप्रद सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ। दोस्रो बजारमा कम्पनीको शेयर मूल्य  प्रतिकित्ता ४६४ रुपैयाँमा भन्दा माथि रहेको छ। 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया