Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सको ८२ लाख बढी बोनस सेयर नेप्सेमा सूचीकरण

NMB Bank
  • BFIS News
  • 2025 May 10 20:57
नेपाल लाइफ इन्स्योरेन्सको ८२ लाख बढी बोनस सेयर नेप्सेमा सूचीकरण
National Life

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८२ लाख ७ हजार ९६६ दशमलव ५५ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। 

Shikhar
NIMB

कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांशमध्ये १० प्रतिशत बोनस सेयरको सूचीकरण गरिएको हो। यससँगै अब लगानीकर्ताहरूले नेप्सेमार्फत ती बोनस सेयर किनबेच गर्न सक्नेछन्।

नेपाल लाइफले माघ २८ गते २५औं वार्षिक साधारण सभा सम्पन्न गरी लाभांश प्रस्ताव पारित गरेको थियो। यसअघि पुस २६ गते बसेको सञ्चालक समितिको ३८८औं बैठकले ११.०५ प्रतिशत नगद लाभांश (करसहित) र १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो।

बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोडबाट ९ अर्ब करोड पुगेको छ। हाल नेपाल लाइफ इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य प्रति सेयर ७६०.१९ रुपैयाँ रहेको छ। बजार मूल्यको हिसाबले हेर्दा कम्पनी अझै पनि लगानीकर्ताको आकर्षणमा रहेको देखिन्छ।

नेपालको बीमा क्षेत्रको अग्रणी कम्पनीमध्ये एक मानिने नेपाल लाइफले विगतका वर्षहरूमा पनि नियमित रूपमा लाभांश वितरण गर्दै आएको छ। यसपटक सूचीकृत बोनस सेयरले कम्पनीको वित्तीय दायित्वप्रति लगानीकर्ताको विश्वास अझ बलियो हुने विश्लेषण गरिएको छ।

अझै पनि बीमा कम्पनीहरूमा सुधारात्मक नीति र पूँजी विस्तारको प्रक्रिया जारी रहेका बेला नेपाल लाइफको बोनस सेयर सूचीकरणले बीमा क्षेत्रमै सकारात्मक सन्देश दिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया