Nepal Life

छिमेक लघुवित्तको नाफा ३२.५९% ले वृद्धि, खराब कर्जा घट्दा वित्तीय सूचकहरूमा सुधार

NMB Bank
  • BFIS News
  • 2025 May 11 10:24
छिमेक लघुवित्तको नाफा ३२.५९% ले वृद्धि, खराब कर्जा घट्दा वित्तीय सूचकहरूमा सुधार
National Life

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको नाफामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेखनीय वृद्धि भएको छ।

Shikhar
NIMB

कम्पनीले ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ६४ करोड ३७ लाख रुपैयाँको तुलनामा ३२.५९ प्रतिशतले बढी हो।

खुद ब्याज आम्दानी ०.३७ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। खराब कर्जा अनुपात पनि ३.०४ प्रतिशतबाट घटेर २.६० प्रतिशतमा झरेको छ, साथै इम्पेयरमेन्ट चार्जमा समेत कमी आएकोले नाफामा सकारात्मक असर परेको देखिन्छ।

कम्पनीको कर्जा लगानी ११.२० प्रतिशतले बढेर ३९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। यसैगरी, छिमेकको चुक्ता पुँजी ३ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २ अर्ब ८४ करोड रुपैयाँ सञ्चित छ।

खुद नाफाको वृद्धिसँगै प्रतिसेयर आम्दानी (EPS) मा पनि उल्लेखनीय सुधार देखिएको छ। गत वर्ष २८.८३ रुपैयाँ रहेको EPS यो त्रैमासमा ६.५६ रुपैयाँले वृद्धि भई ३५.३९ रुपैयाँ पुगेको हो। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २४७.१४ रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया