NIMB Header 2
Nepal Life

नेपाल शेयरबजार लगानीकर्ता सङ्घ र धितोपत्र बोर्ड अध्यक्षबीच भेटघाट सम्पन्न

National Life
  • BFIS News
  • 2025 May 11 20:33
नेपाल शेयरबजार लगानीकर्ता सङ्घ र धितोपत्र बोर्ड अध्यक्षबीच भेटघाट सम्पन्न
Sanima Reliance

काठमाडौं, ११ जेठ । नेपाल शेयरबजार लगानीकर्ता सङ्घका पदाधिकारीहरू र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठबीच आज एक औपचारिक परिचयात्मक भेटघाट सम्पन्न भएको छ। भेटका क्रममा सङ्घले लगानीकर्ताहरूको हकहित संरक्षणमा धितोपत्र बोर्डको भूमिकालाई महत्त्वपूर्ण बताउँदै बजारको समग्र समृद्धिका लागि आवश्यक परामर्श, सुझाव, र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

Shikhar
NIMB

सङ्घले धितोपत्र बजारको निरन्तर विकास र पारदर्शिता कायम गर्न सधैं सक्रिय रहने प्रतिबद्धता दोहोर्‍याएको छ। भेटमा धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले बजारमा देखापरेका आरोप–प्रत्यारोपबाट बोर्ड अलग रहेर समृद्धिपथमा अग्रसर रहन प्रतिवद्ध रहेको स्पष्ट पारे। साथै उनले बजारमा फैलिएका भ्रम र अफवाहहरूबाट सचेत रहन आग्रह गर्दै आफूमाथि आएका प्रश्नहरूको स्पष्ट खण्डन गरे।

भविष्यमा नेपाल धितोपत्र बोर्ड र नेपाल शेयरबजार लगानीकर्ता सङ्घबीच छलफल, सुझाव, र सहकार्यलाई निरन्तरता दिइने दुवै पक्षले प्रतिबद्धता जनाएका छन्।

भेटका अवसरमा सङ्घका महासचिव रविन कँडेलले सङ्घको तर्फबाट औपचारिक सुझावपत्र तथा प्रमाणपत्र अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेका थियो। सो अवसरमा वरिष्ठ उपाध्यक्ष किशोर पोखरेल, सचिव भुवन ढकाल, प्रवक्ता धनन्जय पौडेल तथा सदस्य मिना भट्टको समेत उपस्थिति रहेको थियो।

यो भेटघाटले नेपाल धितोपत्र बजारको दीर्घकालीन समृद्धि, पारदर्शिता, निष्पक्षता, र लगानीकर्ताको हकहित संरक्षणका लागि सङ्घ र बोर्डबीचको सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया