NIMB Header 2
Nepal Life

शिखर इन्स्योरेन्स कम्पनीको ९ महिनाको मुनाफा ३७ करोड ७० लाख रुपैयाँ, दाबी भुक्तानी मार्फत बीमितको विश्वास जित्दै

National Life
  • BFIS News
  • 2025 May 12 07:36
शिखर इन्स्योरेन्स कम्पनीको ९ महिनाको मुनाफा ३७ करोड ७० लाख रुपैयाँ, दाबी भुक्तानी मार्फत बीमितको विश्वास जित्दै
Sanima Reliance

काठमाडौं, बैंशाख २९ गते। चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा शिखर इन्स्योरेन्स कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको थियो।

Shikhar
NIMB

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जनमा उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो वर्षको १ अर्ब ३ करोड ६६ लाख १० हजार रुपैयाँको तुलनामा चालु वर्षमा १६.५७ प्रतिशतले वृद्धि हुँदै १ अर्ब २० करोड ८३ लाख २८ हजार रुपैयाँ पुगेको छ। जसमा कुल बीमा शुल्क आर्जन भने तीन अर्ब ७५ करोड रहेको छ।

बैंकहरुले व्याजदर घटाउदा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा गिरावट आएको छ। अघिल्लो वर्षको २५ करोड ८४ लाख २२ हजार रुपैयाँको तुलनामा यो आय १८.७७ प्रतिशतले घट्दै २० करोड ९९ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको १७ रुपैयाँ ६२ पैसाबाट घट्दै यस त्रैमासमा ईपीएस १६ रुपैयाँ २९ पैसामा झरेको छ। प्रतिसेयर नेटवर्थ भने १९५ रुपैयाँ ८१ पैसा कायम छ।

शिखर इन्स्योरेन्सको चुक्ता पुँजी १०.१० प्रतिशतले बढ्दै २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ पुगेको छ। यद्यपि, जगेडा नाफा (Retained Earnings) ४३.५३ प्रतिशतले घट्दै १ करोड ६२ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ।

साथै, कम्पनीको बीमा सम्झौता दायित्व (Gross Insurance Contract Liabilities) २८.२० प्रतिशतले वृद्धि भएर ६ अर्ब ७८ करोड ७ हजार रुपैयाँ पुगेको छ भने अन्य दायित्वहरू ९.६८ प्रतिशतले घटेर ३ अर्ब ७५ करोड ९५ लाख रुपैयाँमा सीमित छन्।

यो अवधिमा कम्पनीको कुल आम्दानी ६.८४ प्रतिशतले वृद्धि भएर १ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने खर्च पनि १०.७१ प्रतिशतले बढ्दै १ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ पुगेको छ। बीमा दावी भुक्तानी (Net Claims Incurred) मा उल्लेखनीय २५.३९ प्रतिशत वृद्धि देखिएको छ, जसको रकम ७ अर्ब १५ करोड ६६ हजार रुपैयाँ रहेको छ। नेपालको बीमा उद्योगमा शिखर दाबी भुक्तानीमा सबैभन्दा अगाडी छ जसले गर्दा कम्पनी प्रतिको विश्वास पनि सबैभन्दा धेरै छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया