NIMB Header 2
Nepal Life

नेपाल धितोपत्र बोर्डले पहिलो पटक दियो पाँच अर्बको हरित बण्ड जारी गर्ने स्वीकृति 

National Life
  • BFIS News
  • 2025 May 14 12:17
नेपाल धितोपत्र बोर्डले पहिलो पटक दियो पाँच अर्बको हरित बण्ड जारी गर्ने स्वीकृति 
Sanima Reliance

काठमाडौं, वैशाख ३१ – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पहिलो पटक नेपालमा हरित बण्ड (Green Bond) जारी गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले एक सूचीकृत कम्पनीलाई हरित बण्ड जारी गर्न स्वीकृति प्रदान गरेको हो। स्वीकृत बण्डको कुल आकार पाँच अर्ब रुपैयाँ बराबरको हुनेछ, जसको अवधि सात वर्षको रहनेछ।

Shikhar
NIMB

यस बण्डबाट संकलित रकम वातावरणमैत्री परियोजनामा प्रयोग गरिनेछ। धितोपत्र दर्ता तथा निर्गम विनियमावली, २०७३ अन्तर्गत स्वीकृति प्राप्त यो बण्डले दिगो विकासका पहलहरूलाई सहयोग पुर्‍याउनुका साथै जलवायु परिवर्तनका प्रतिकूल असरहरू न्यूनीकरण गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

बण्डको प्रयोग नेपाल राष्ट्र बैंकले २०८१ सालमा जारी गरेको ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४’ तथा अन्तर्राष्ट्रिय पूँजी बजार संघ (ICMA) को ‘ग्रीन बण्ड प्रिन्सिपल (GBP)’ अनुसार हुने सेबोनले स्पष्ट पारेको छ।

हालका दिनहरूमा हरित अर्थतन्त्र प्रवर्द्धनका लागि पूँजी बजार विकास गर्ने विश्वव्यापी प्रवृत्ति तीव्र रूपमा बढिरहेको छ। यो प्रवृत्तिले वातावरणीय उत्तरदायित्वमा आधारित वित्तीय अभ्यासको महत्त्वलाई झनै स्पष्ट पारेको छ। नेपालमा पहिलोपटक हरित बण्ड जारी गर्ने सेबोनको निर्णयले मुलुकको पूँजी बजारको भूमिका फराकिलो बनाउँदै लगेको देखिएको छ।

यस कदमबाट नेपालको पूँजी बजारले दिगो विकास लक्ष्य (SDGs) र ‘नेट जीरो इमिसन’ जस्ता समयसापेक्ष सरकारी लक्ष्यहरू हासिल गर्न सघाउने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया