NIMB Header 2
Nepal Life

भारत बन्यो एसियाकै सबैभन्दा बढी रुचाइएको सेयर बजार

National Life
  • BFIS News
  • 2025 May 14 21:15
भारत बन्यो एसियाकै सबैभन्दा बढी रुचाइएको सेयर बजार
Sanima Reliance

काठमाडौं, वैशाख ३१। भारत एसियाली क्षेत्रको सबैभन्दा बढी रुचाइएको इक्विटी (सेयर) बजार बनेको छ।

Shikhar
NIMB

बैंक अफ अमेरिकाले हालै सार्वजनिक गरेको ‘एसिया फन्ड म्यानेजर सर्वे’ अनुसार भारतले जापानलाई पछि पार्दै एसियाको शीर्ष रुचाइएको सेयर बजारको स्थान ओगट्न सफल भएको हो। ब्लुमबर्गको प्रतिवेदनअनुसार हाल ४२ प्रतिशत फन्ड म्यानेजरहरूले भारतलाई लगानीका लागि पहिलो प्राथमिकतामा राखेका छन्।

भारतप्रति बढ्दो आकर्षणको प्रमुख कारण आपूर्ति शृंखलामा पुनर्संरचना र भन्सार शुल्कका कारण उत्पन्न विश्वव्यापी तनावहरू हुन्, जसका कारण लगानीकर्ताहरू भारततर्फ आकर्षित भएका छन्। यसैबीच, यसअघि पहिलो स्थानमा रहेको जापान दोस्रो स्थानमा झरेको छ। अर्कोतर्फ, चीनले पनि उल्लेखनीय सुधार गर्दै एक महिनाअघि एसियाको सबैभन्दा कम रुचाइएको बजारबाट उकालो लाग्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ।

त्यस्तै, थाइल्यान्ड र ताइवान भने फन्ड म्यानेजरहरूका नजरमा एसियाका सबैभन्दा कम रुचाइएका बजार बनेका छन्। चीनपछि दोस्रो ठूलो एसियाली बजार मानिने जापानको सन् २०२५ को हालसम्मको बजार प्रदर्शन भारतभन्दा कमजोर देखिएको छ। यस वर्षको सुरुदेखि भारतको प्रमुख सूचकांक निफ्टी ५० चार प्रतिशतले वृद्धि भएको छ भने जापानको निक्केई २२५ सोही अवधिमा ४.४ प्रतिशतले घटेको छ।

बैंक अफ अमेरिकाको सर्वे अनुसार भारतमा पूर्वाधार विकास र उपभोग (कन्जम्प्सन) मुख्य लगानीको क्षेत्रको रूपमा देखिएको छ, जसलाई फन्ड म्यानेजरहरूले पनि नजिकबाट नियाली रहेका छन्। चीनप्रति पनि लगानीकर्ताहरूको धारणा उल्लेखनीय रूपमा सुधारिएको छ।

जापान बाहेकको एसियाली पोर्टफोलियोमा फन्ड म्यानेजरहरूले दूरसञ्चार र सफ्टवेयर क्षेत्रलाई अझै पनि उच्च प्राथमिकतामा राखेका छन्। ऊर्जा, कच्चा सामग्री (मटेरियल्स) र उपभोक्ता स्वेच्छिक ई–कमर्स क्षेत्र भने कम प्राथमिकतामा रहेका छन्। विशेषगरी सेमिकन्डक्टर क्षेत्रमा अप्रिल महिनादेखि लगानीकर्ताको धारणा सकारात्मक बन्न थालेको देखिएको छ। बैंक अफ अमेरिकाका अनुसार सेमिकन्डक्टर क्षेत्रमा गिरावट आउने अनुमान गर्ने फन्ड म्यानेजरहरूको संख्या ५९ प्रतिशतबाट घटेर ४२ प्रतिशतमा सीमित भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया