NIMB Header 2
Nepal Life

सालपा विकास बैंकले आईपीओ प्रस्ताव निष्काशन गर्न बोर्डमा दियो निवेदन, १७ लाख ३३ हजार कित्ता निष्काशन गर्ने

National Life
  • BFIS News
  • 2025 May 14 22:24
सालपा विकास बैंकले आईपीओ प्रस्ताव निष्काशन गर्न बोर्डमा दियो निवेदन, १७ लाख ३३ हजार कित्ता निष्काशन गर्ने
Sanima Reliance

काठमाडौं । सलापा विकास बैंक लिमिटेडले साधारण सेयर (IPO) निष्कासनका लागि प्रस्ताव धितोपत्र बोर्ड (सेबोन) मा पेश गरेको छ। कम्पनीले कुल १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासन गर्न सेबोनमा आवेदन दिएको हो। यसमार्फत कम्पनीले १७ करोड २३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। आवेदन २०८२ सालको वैशाख २३ गते पेश गरिएको हो।

Shikhar
NIMB

यस आईपीओ निष्कासनको प्रबन्धक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको क्रेडिट रेटिङ इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले गरेको छ। रेटिङ एजेन्सीले सलापा विकास बैंकलाई “आईआरएन बी (इस्योर)” अर्थात् “सिंगल बी (इस्युअर)” रेटिङ प्रदान गरेको छ। यसले बैंकको वित्तीय दायित्व समयमै तिर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

सलापा विकास बैंक लिमिटेड (एसबिबीएल) एक क्षेत्रीय विकास बैंक हो, जसको केन्द्रीय कार्यालय खोटाङमा रहेको छ। २०७१ सालदेखि सञ्चालनमा आएको बैंकले हाल ६ वटा शाखामार्फत सेवा दिइरहेको छ। नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त यस बैंकमा सबै सेयरधनीहरू व्यक्तिगत प्रवर्द्धकहरू हुन्।

मुख्य प्रवर्द्धकहरूमा धनप्रसाद राई (०.६१ प्रतिशत) र मनिन्द्र राई (०.५० प्रतिशत) रहेका छन्। २०८१ सालको असोज मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ३५ करोड रुपैयाँ रहेको छ। आईपीओपछि बैंकको पूँजी आधार थप मजबुत हुने अनुमान गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया