Nepal Life

शेयरबजारमैत्री बजेट आयो अव बजारका लागि असर पार्ने सबै कुराहरु सकिए : घनश्याम पाण्डे

NMB Bank
  • BFIS News
  • 2025 May 29 20:10
शेयरबजारमैत्री बजेट आयो अव बजारका लागि असर पार्ने सबै कुराहरु सकिए : घनश्याम पाण्डे
National Life

काठमाडौं, जेठ १५ गते। नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले हालै सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटलाई शेयर बजार र लगानीकर्ताका लागि सकारात्मक भएको बताएका छन्।

Shikhar
NIMB

उनका अनुसार बजेटबाट पूँजीगत लाभकर बढ्ने आशंका गरेका कारण केही दिनयता बजारमा ‘पेनिक सेलिङ’ देखिएको भए पनि अन्ततः त्यो हल्ला गलत सावित भएको छ। उनले भने, “बजेट लगानीकर्ताका लागि नकारात्मक आएन, यसैले बजारका लागि सकारात्मक नै मान्नुपर्छ।”

पाण्डेले बजेटमा गैरआवासीय नेपालीहरूलाई धितोपत्र बजारमा भित्र्याउने व्यवस्था, सञ्चयकोष र नागरिक लगानी कोषको रकमलाई प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटलमा लगानी गर्न दिने प्रावधानहरू उल्लेखीय रहेको बताए।

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना तथा सुदृढीकरण, टेलिकमको शेयर सर्वसाधारणलाई बिक्री गर्ने जस्ता प्रावधानहरूले बजारमा थप लगानी भित्र्याउने विश्वास उनले व्यक्त गरे।

त्यस्तै, बैंकको खराब कर्जा तथा नन बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी खोल्न दिने घोषणाले पनि बजारमा स्थायित्व र पारदर्शिता बढाउने उनको विश्वास छ।

“अब बजारमा कुनै नकारात्मक मुद्दा छैन। नकारात्मक हल्ला फैलिने ठाउँ नै बन्द भएको छ। अब बजार आफ्नो लयमा चल्नुपर्छ र चल्छ पनि,” पाण्डेले स्पष्ट पारे।

यद्यपि उनले पूँजीगत खर्चको कार्यान्वयनमा सरकार गम्भीर नभएको टिप्पणी गरे। “१९ खर्ब पूँजीगत खर्च प्रस्ताव भए पनि अहिले पनि कार्यान्वयन ४०–४५ प्रतिशतमै सीमित छ। सरकार यसतर्फ दृढताका साथ लाग्नुपर्छ,” उनले सुझाव दिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया