NIMB Header 2
Nepal Life

शेयर बजारका सबै अवरोध हटे सँगै सुधार हुने अपेक्षा, हेर्नुहोस् कुन बैंकले कतिमा दिदैछन् शेयर धितोकर्जा

Citizen Life
  • BFIS News
  • 2025 May 31 09:36
शेयर बजारका सबै अवरोध हटे सँगै सुधार हुने अपेक्षा, हेर्नुहोस् कुन बैंकले कतिमा दिदैछन् शेयर धितोकर्जा
National Life

काठमाडौं। केहि समयदेखि शेयर बजार लगानीकर्ताले अपेक्षा गरेको भन्दा विपरित दिशामा हिडिरहेको छ। जतिवेला शेयर बजार तीन हजारसम्म पुगेर तल झर्यो त्यस पछि बजारले लय पक्रिन सकेको छैन। यसका पछाडी धेरै कारणहरु पर्दामा देखिए पनि ति कारणले बजारमा खासै ठुलो प्रभाव पार्न सक्ने देखिदैन।

NIMB

बजारमा साना साना बहानाले नै घटाउन मद्दत गरिरहेको छ। यद्यपी बजार घटाउन देखिएका कारण भन्दा भित्रि कारण अरु नै छ। जव शेयर बजार तीन हजार पुग्यो त्यतिवेला धेरै वटा कम्पनीका ठुला लगानीकर्ताले शेयर बिक्री गरेर बाहिरिएको विश्लेषकहरु बताउछन्। जुन रकम अहिलेसम्म पनि बजारमा आउन सकेको छैन।

नेप्से सूचक ३ हजार हाराहारीमा पुग्दा एकदै दिनमा २९ अर्ब ९५ करोडको कारोबार भयो। यस अवधिमा भएको कारोबार सर्वसाधारणदेखि ठुला लगानीकर्ताको थियो। जलविद्युतदेखि केहि उत्पादन तथा प्रशोधनमुलक कम्पनीका लगानीकर्ताले बजारबाट अर्बौ रुपैयाँ लगे पछि त्यसको असर अहिलेसम्म देखिएको ब्रोकर तथा विश्लेषकहरुको विश्लेषणछ। जवसम्म त्यो रकम बजारमा आउदैन वा बजारमा नयाँ रकम भित्रिदैन तवसम्म बजारले गति लिन सक्दैन।

यस अवधिमा शेयर बजारमा ट्रेडर मात्रै हाबी भए। ट्रेडरले जहिल्लै पनि नाफा बुक गर्न तम्सिन्छ। अलिकति नाफा देखिनै वित्तीकै नाफा बुक गर्ने प्रवृत्तीले बजारलाई माथि जान दिदैन। अर्को तर्फ ट्रेडरले ठुला कम्पनी चलाउन सक्दैनन्। यसले गर्दा यस अवधिमा समग्र सूचकमा सुधार देखिनु भन्दा पनि निश्चित कम्पनीमा मात्रै राम्रो किनबेच भयो।

यस अवधिमा शेयर बजारमा राजाबादीको आन्दोलन जस्ता विषयले पनि बजार घटाउन मद्दत गर्यो। जतिवेलासम्म शेयर बजारका सबैभन्दा खराव पात्र गभर्नर महाप्रसाद अधिकारीको बहिर्गमनमा पनि बजारले सुधारको मौका पाएन। जव उनि बाहिरिए नयाँ गभर्नर नियुक्त नभएको भन्दै बजार बढ्न नसकेको भनियो। जतिवेला सरकारले डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्यो त्यतिवेला पनि बजार बढ्न सकेन। यतिसम्मकी उनले बजार बढोस भनेर शेयर धितोकर्जाको रिष्क वेटेज १२५ प्रतिशतबाट १०० प्रतिशतमा झार्दा पनि बजार उल्टै घट्यो। यस अवधिमा बहाना बनाइयो सरकारले पूँजीगत लाभकर बढाउदैछ। यहि त्रासमा केहि दिन बजारमा नराम्रै गिरावट आयो।

तर सरकारले पूँजीगत लाभकरमा कुनै पनि फेरबदल गरेन। यस सँग अव बजारमा असर पार्ने कुनै पनि कारण छैन। बजार घटाउदै सबै मुद्दाहरुको सेफल्याण्डिङ भइसकेको हुँदा अव बजार नबढ्ने कुनै कारण नभएको बजार विश्लेषकहरु बताउछन्।

यदि बजारमा कन्फिडेन्स बढ्न सक्यो भने बजारले गति लिन कति समय पनि नलाग्ने विश्लेषकको विश्लेषण छ। यति मात्रै होइन अहिले शेयर धितो कर्जा विगत एक दशककै कम विन्दुमा झरेको छ। बैंकमा व्याजका लागि पैसा राख्ने अवस्था छैन।

ग्लोबल आइएमई बैंकले सबैभन्दा कम ६.१६ प्रतिशतमै शेयर धितोकर्जा उपलब्ध गराउदै आएको छ। त्यसत् कृषि विकास बैंकमा पनि ६.२२ प्रतिशतमै शेयरधितो कर्जा पाउन सकिन्छ। एभरेष्ट बैंकले पनि ६.३८ प्रतिशतमा शेयर धितो कर्जा दिदै आएको छ। सिद्धार्थ बैंकले पनि ६.४५ प्रतिशतमा दिदै आएको छ। सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंकलेल ६.५४ प्रतिशतमा दिइरहेको छ। यो शेयर बजारका लागि गोल्डेन अवसर हो। अर्को तर्फ बजार सबैभन्दा तल्लो विन्दुमा छ। अर्को तर्फ सस्तो व्याजदरमा बैंकले मागेको रकम दिन सक्ने अवस्थामा छन्। यसले गर्दा अवको समय बजारका लागि उर्वर रहेको विश्लेषकहरु बताउछन्।

हेर्नुहोस् कुन बैंकमा शेयर धितोकर्जाको व्याजर कति ?

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया