NIMB Header 2
Nepal Life

सिटी होटल लिमिटेडको ८०% हकप्रद सेयर सेबोनको पाइपलाइनमा

National Life
  • BFIS News
  • 2025 Jun 03 17:35
सिटी होटल लिमिटेडको ८०% हकप्रद सेयर सेबोनको पाइपलाइनमा
Sanima Reliance

काठमाडौं।  सिटी होटल लिमिटेड (CITY) को हकप्रद सेयर नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रारम्भिक समीक्षाको पाइपलाइनमा परेको छ। कम्पनीले जेठ २० गते सेबोनमा आवेदन पेस गरेको हो।

Shikhar
NIMB

कम्पनीले हालका शेयरधनीहरूका लागि ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ। कुल १ करोड ३३ लाख ९२ हजार कित्ता (१:०.८० अनुपातमा) हकप्रद सेयर जारी गरी करिब १ अर्ब ३३ करोड रुपैयाँ संकलन गर्ने योजना रहेको छ।

हाल सिटी होटलको चुक्ता पूँजी १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी बढेर ३ अर्ब १ करोड रुपैयाँ पुग्नेछ।

यस हकप्रद सेयर निष्कासनको लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्धक नियुक्त गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया