Nepal Life

नगद छैन? डर छैन! नबिलको फ्री क्रेडिट कार्ड तपाईंका लागि

RBB
  • BFIS News
  • 2025 Jun Thu 05:23
नगद छैन? डर छैन! नबिलको फ्री क्रेडिट कार्ड तपाईंका लागि
Shikhar detail

काठमाडौं, जेठ २ गते। तपाई सँग सपिङ गर्दा गर्दै आफुलाई मन परेको सामान डेविट कार्ड तथा मोबाइल वालेटमा पैसा सकिदा मनै मारेर खालि हात फर्किएको तितो अनुभव पक्कै पनि हुनु पर्छ। तपाईलाई यो पनि थाहा छ यसका लागि क्रेडिट कार्ड राम्रो उपाय हो तर प्रारम्भिक र वार्षिक शुल्क बुझाउनु पर्ने बाध्यताले नलिइरहनु पनि भएको हुन सक्छ।  

NIMB

यहि कुरालाई मध्यनजर गर्दै नबिल बैंकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड अफर असार मसान्तसम्म ल्याएको छ। जसमा कुनै पनि वार्षिक तथा नविकरण शुल्क जीवनभर तिर्नु पर्दैन। सामान्यतः बैंकले क्रेडिट कार्डका लागि प्रारम्भिक शुल्क तथा वार्षिक शुल्क लिने प्रचलन छ।  

आधुनिक बैंकिङ प्रणालीको पायोनियर नबिल बैंकले तत्काल नगद बिना नै भुक्तानी गर्ने सुविधालाई आत्मसाथ गर्दै क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ यो अफर ल्याएको हो। जसले ग्राहकलाई आपतकालीन अवस्थामा समेत आर्थिक सहुलियत प्रदान गर्दछ। क्रेडिट कार्ड मार्फत ग्राहकले पसल, होटल, अनलाइन सपिङ, तथा विभिन्न सेवामा सजिलै भुक्तानी गर्न सक्छन्। यदि तोकिएको समयमा रकम फिर्ता गरियो भने कुनै व्याज लाग्दैन, जसले आर्थिक अनुशासनमा पनि सहयोग गर्छ।  

क्रेडिट कार्डले यात्राको समयमा नगद बोक्ने झन्झट कम गर्छ र विदेशमा पनि प्रयोग गर्न मिल्ने सुविधा दिन्छ। यसका साथै कार्ड प्रयोग गर्दा विभिन्न छुट, क्यासब्याक जस्ता फाइदा पनि प्राप्त गर्न सकिने रिटेल ल्याण्डिङ प्रमुख चाँदनी श्रेष्ठले जानकारी दिइन्। उनले थपिन् ’समग्रमा, क्रेडिट कार्डले आर्थिक सुरक्षा, सहजता र सुविधा प्रदान गर्दै आधुनिक जीवनशैलीमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।’ 

बैंकको यो अफर असार मसान्त पछि सकिने भएकाले त्यस पछिको समयमा कार्ड लिँदा पहिलो वर्षका लागि रु. १,००० र प्रत्येक वर्ष नविकरण शुल्क बापत रु. २,००० तिर्नुपर्नेछ। तर असारसम्म कार्ड लिँदा जीवनभरि कुनै शुल्क लाग्ने छैन। यदि कार्ड भाँचियो, हरायो वा क्षति भयो भने मात्र नयाँ कार्डका लागि शुल्क लाग्छ। 

क्रेडिट कार्डका विशेषता 

ग्राहकले ‘नबिल इन्स्टलमेन्ट’मा टाइअप भएका मर्चेन्टहरूमार्फत क्रेडिट कार्डको प्रयोग गरेर सामान खरिद गर्न सक्छन्। सपिङका क्रममा ग्राहकले एकैपटक भुक्तानी गर्न नसकेमा किस्ताबन्दी (EMI) सुविधा पनि लिन सक्छन्। उदाहरणका लागि, वासिङ मेसिन, फ्रिज, मोबाइल जस्ता सामानहरू कार्डमार्फत किस्तामा किन्न सकिने सुविधा उपलब्ध छ। यसका लागि आफुले चाहेको सामानको कोटेशन लिएर नजिकको शाखामा गएर ’क्रेडिट स्वीकृति’ प्रक्रियामा सहभागी हुन सकिन्छ। 

साथै, ‘BNPL: Buy Now Pay Later’ सुविधा पनि उपलब्ध छ। यस अन्तर्गत क्रेडिट कार्डबाट भुक्तानी हुने जुनसुकै मर्चेन्टमा खरिद गरिएको सामानलाई EMI मा रूपान्तरण गर्न सकिन्छ। यसका लागि ग्राहकले नजिकको शाखा वा इमेलमार्फत अनुरोध गर्न सक्छन्। 

नबिल बैंकको क्रेडिट कार्ड नेपाल, भारत र भुटानमा प्रयोग गर्न सकिन्छ। कार्डमार्फत होटल, सपिङ सेन्टर, अस्पताल लगायत थुप्रै क्षेत्रमा छुट प्राप्त गर्न सकिन्छ। बैंकले यस्ता छुटका लागि धेरै मर्चेन्टहरूसँग सम्झौता गरेको छ। बैंकले हालै एप्पलसँग विशेष टाइअप गरेको छ। ग्राहकले एप्पलका जुनसुकै उत्पादन क्रेडिट कार्ड मार्फत शून्य शुल्कमा किस्ताबन्दीमा खरिद गर्न सक्छन्। यसमा कुनै किसिमको व्याज पनि लाग्दैन। एप्पलको आधिकारिक वितरक जि–नेक्टमार्फत यस्तो सुविधा उपलब्ध छ। त्यस्तै दराजमा पनि बैंकले समय समयमा छुटका अफरहरुमा ग्राहकहरुलाई लाभांन्वित गराउदै आएको छ।  

क्रेडिट कार्डको विशेषता 

डेबिट कार्डमा आफ्नै पैसा प्रयोग गर्न सकिन्छ भने क्रेडिट कार्डमार्फत बैंकले तोकेको सीमा भित्र रकम खर्च गर्न सकिन्छ। क्रेडिट लिमिट ग्राहकको आम्दानी तथा कारोबारको पृष्ठभुमिको आधारमा तोकिन्छ।  भर्खरै जागिर सुरु गरेका व्यक्तिहरूको स्कोरिङ अपेक्षाकृत कम हुने भएकाले लिमिट केहि कम हुन सक्छ।  

यदि निश्चित आम्दानी नभएका ग्राहकको हकमा भने मुद्दती निक्षेपको आधारमा पनि क्रेडिट कार्ड लिन सकिन्छ। मुद्दतीको ८०% सम्म क्रेडिट लिमिट दिइन्छ। कार्डको पिन नम्बर विर्सिएमा बैंकको शाखा कार्यालयमा धाउनु नपरोस् भनेर बैंकले ’एनबैंक एप’ मार्फत ग्रिन पिनको सुविधा लिन सकिने व्यवस्था मिलाएको छ।  

कार्ड लिन प्रक्रिया 

ग्राहकले बैंकको जुनसुकै शाखामा गएर वा अनलाइन https://nbankhome.nabilbank.com/digital-form/credit-card आवेदन दिन सकिन्छ। अनलाइन आवेदन गर्दा आवश्यक कागजातहरू, जस्तै स्यालरी सर्टिफिकेट, बैंक स्टेटमेन्ट आदि बुझाउनुपर्छ। आवेदन स्वीकृत भएपछि, बैंकले डेलिभरी पार्टनर ‘उपाय’ मार्फत कार्डलाई ग्राहकको ठेगानामा पु¥याउने व्यवस्था गरेको छ। 

सुरक्षित भुक्तानी 

बैंकको कार्ड PCI DSS अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार सुरक्षित छ। कसैले दुरुपयोग गरेमा वा कुनै पनि गलत प्रयत्न गर्ने वित्तीकै प्रणालीबाट तुरुन्त सूचना प्राप्त हुन्छ र बैंकले रोकथाम गर्न सक्ने व्यवस्था गरेको छ। ग्राहकहरुले पुर्ण रुपमा सुरक्षाको अनुभुत गर्दै प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।  

कर्जा लिने ग्राहकहरूका लागि विशेष सुविधा 

बैंकबाट कर्जा लिएका ग्राहकले पनि क्रेडिट कार्ड लिन सक्छन्। हालसम्म यस्ता ग्राहकहरूलाई अधिकतम रु. २ लाखसम्मको क्रेडिट लिमिट दिइएको छ। थप लिमिट आवश्यक पर्नेहरुका लागि भने बैंकले पुनः मूल्यांकन गर्ने वा कागजात माग गर्न सक्छ। 

बैंकको प्रतिबद्धता 

नबिल बैंकले आधुनिक बैंकिङ प्रवद्र्धन गर्न तथा ग्राहकलाई वार्षिक शुल्कबाट मुक्त गर्न यो योजना ल्याएको हो। ग्राहकले शून्य व्याजमा सामान खरिद गर्नुका साथै विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्छन्। इच्छुक ग्राहकले बैंकको शाखामा गई वा अनलाइन आवेदन दिन सक्नेछन्। नबिल बैंक लिमिटेड नेपालका अग्रणी निजी बैंकहरूमध्ये एक हो। बैंकले देशभर २६८ शाखा र ३२० एटीएममार्फत २४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। आधुनिक बैंकिङ सेवा प्रवाहमा नबिलको योगदान सबैभन्दा अगाडी छ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया