प्रि-ओपन सेसनमा नेप्से ३.१० अंकले घट्यो, ३ करोड ८७ लाखको कारोबार
- BFIS News
- 2025 Jun 05 11:06
काठमाडौं। आजको प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ३.१० अंकले घटेर २६४३.८५ विन्दुमा झरेको छ।
सेसन अवधिमा ३ करोड ८७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ३९ कम्पनीका ७६ हजार २ सय ३७ कित्ता सेयर किनबेच भएका छन्।
यस अवधिमा ६२ वटा कारोबार सम्पन्न भएका छन्। बजार विश्लेषण अनुसार, १६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन।
प्रि-ओपन सेसनले दिनभरको कारोबारको संकेत दिने मानिन्छ, जसले लगानीकर्ताको प्राथमिक मनोवृत्तिलाई झल्काउँछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया