NIMB Header 2
Nepal Life

हिम स्टार उर्जाले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जेठ ३० गतेदेखि आईपीओ खुला गर्ने

National Life
  • BFIS News
  • 2025 Jun 06 10:42
हिम स्टार उर्जाले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जेठ ३० गतेदेखि आईपीओ खुला गर्ने
Sanima Reliance

काठमाडौँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको छ। कम्पनीले यो सार्वजनिक निष्कासन जेठ ३० गतेदेखि सुरु गर्नेछ।

Shikhar
NIMB

कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत बराबरको ११ करोड १९ लाख रुपैयाँ अर्थात ११ लाख १९ हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको हो।

आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि

यसमा १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
सो शेयर ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका–८, साविक भुसिङ्गा गाविसका सबै वडा, र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गाविसका वडा नं. १ देखि ५ सम्मका स्थानीयले आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि

साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ९३ लाख २५ हजार रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९३ हजार २५० कित्ता शेयर छुट्याइएको छ। यो आवेदन नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपालीहरूका लागि मात्र मान्य हुनेछ।

आवेदन म्याद र विवरण

  • न्यूनतम १० कित्तादेखि अधिकतम १०,००० कित्तासम्म आवेदन दिन सकिनेछ।

  • आयोजना प्रभावित बासिन्दाका लागि आईपीओ आवेदन असार १३ गतेदेखि छिटोमा बन्द हुनेछ भने ढिलोमा असार २९ गतेसम्म दिन सकिनेछ।

  • वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने अनिवार्य रूपमा असार १३ गतेभित्र आवेदन दिनुपर्नेछ।

रेटिङ र आयोजना विवरण

कम्पनीको आईपीओ निष्कासनका लागि इक्रा नेपालले दिएको ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ।

कम्पनीले संचालन गरिरहेको ५ मेगावाटको बुकु कापटी खोला जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ रहेको छ। प्रति मेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ परेको छ।
उक्त आयोजना सञ्चालनको लागि विद्युत् अनुमतिपत्रमा २७.७ वर्ष बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ७.१४ वर्ष र छुट रकममा फिर्ता हुने अवधि ११.७५ वर्ष रहेको छ।

आवेदन कहाँ र कसरी गर्ने?

आयोजना प्रभावित बासिन्दाका लागि:

  • सिटिजन्स बैंक इन्टरनेशनलको लिखुपिके शाखा

  • ओखलढुङ्गा जिल्ला खिजिदेम्बा–८ स्थित महिला भवन तथा जनस्वास्थ्य भवन

  • सोलुखुम्बु जिल्ला लिखुपिके–२ वडा कार्यालय

  • साथै, एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइट मार्फत पनि आवेदन दिन सकिनेछ।

  • आवेदन फारम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि:

  • नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनीहरूको तोकिएका शाखाहरूबाट

  • सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया