Nepal Life

सान्भि इनर्जीको आईपीओ सोमबार बाँडफाँट हुँदै, २ लाख ४१ हजारले मात्र पाउने

NMB Bank
  • BFIS News
  • 2025 Jun 06 12:59
सान्भि इनर्जीको आईपीओ सोमबार बाँडफाँट हुँदै, २ लाख ४१ हजारले मात्र पाउने
National Life

काठमाडौं। सान्भि इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही सोमबार (जेठ २६ गते) बाँडफाँट हुने भएको छ।

Shikhar
NIMB

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बाँडफाँटको मिति तय भइसकेको भए पनि समय भने तोकिएको छैन।

आईपीओमा अत्यधिक आवेदन परेकोले बाँडफाँट गोलाप्रथाबाट हुनेछ। कम्पनीको आईपीओमा कुल २१ लाख ८ हजार २३२ जना आवेदकले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका थिए। तर, कम्पनीले २४ लाख १५ हजार ३०० कित्ता मात्र सेयर जारी गर्न लागेकोले २ लाख ४१ हजार ५३० जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १८ लाख ६६ हजार ७०२ आवेदक भने सेयर नपाई हात खाली हुनेछन्।

प्रति कित्ता १०० रुपैयाँ दरमा जारी

सान्भि इनर्जीले जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

रेटिङमा औसत जोखिमको संकेत

केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई ‘CARE-NP BB+ (Issuer)’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतालाई औसत जोखिमयुक्त भएको संकेत गर्छ। उक्त रेटिङ २०८१ पुस ११ मा दिइएको हो र २०८२ फागुन १५ गतेसम्म मान्य रहनेछ।

लगानीकर्ताले बाँडफाँट परिणाम बिक्री प्रबन्धक कम्पनी, सान्भि इनर्जीको वेबसाइट र मेरोसेयरमार्फत हेर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया