Nepal Life

जोशी हाइड्रोले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति पायो

NMB Bank
  • BFIS News
  • 2025 Jun 10 05:18
जोशी हाइड्रोले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति पायो
National Life

काठमाडौं, जेठ २८। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ। बोर्डले कम्पनीलाई सोमबार हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको हो।

Shikhar
NIMB

कम्पनीले मंसिर २० गते सेबोनमा आवेदन दिएको थियो। अब अनुमति पाएसँगै कम्पनीले २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

हाल जोशी हाइड्रोपावरको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपछि कम्पनीको पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।

उक्त हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले लिएको छ। कम्पनीले हकप्रद शेयर निष्कासनमार्फत् थप लगानी जुटाउने र आयोजना विकासमा सहयोग पुर्‍याउने लक्ष्य लिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया