NIMB Header 2
Nepal Life

हङ्ग्री इन्भेष्टर आक्रामक हुँदा सूचक सँगै कारोबार रकममा सुधार, दुई दिनमा ५० अंकको बृद्धि

National Life
  • BFIS News
  • 2025 Jun 10 15:48
हङ्ग्री इन्भेष्टर आक्रामक हुँदा सूचक सँगै कारोबार रकममा सुधार, दुई दिनमा ५० अंकको बृद्धि
Sanima Reliance

काठमाडौं। लामो समय सुस्ताएको शेयर बजारमा हङ्ग्री इन्भेष्टर हाबी हुँदा दुई दिनमै नेप्से सूचक ५० अंकले सुधार भएको छ। सूचकमा सुधार मात्रै होइन कारोबार रकम पनि सोमबार र मंगलबार क्रमश ८ अर्ब ६८ करोड र १० अर्ब १६ करोड रुपैयाँको भएको छ।

Shikhar
NIMB

यो कारोबार बजारमा नयाँ लगानीकर्ता भित्रिएर भन्दा पनि अवसर कुरेर बसिरहेका अल्पकालिन लगानीकर्ता जो भोकाएर बसेका थिए उनिहरुले खरिद चाप बढाउदा सूचक र रकम दुबैमा सुधार आएको बजार विश्लेषक अर्जुन रोकायाले बताए।

आज सबैभन्दा धेरै फाइनान्समा उछाल आएको छ। दिपेन्द्र अग्रवालले सामुहिक रुपमा फाइनान्सको शेयर बिक्री गराएर विकास बैंकमा लगानी बढाउन खुलमखुला प्रचार गरे पछि केहि समयदेखि फाइनान्सको सूचक तल्लो विन्दुमा थियो। जवकी फण्डामेन्टल रुपमा एकदमै बलिया कम्पनीको शेयरमा भने सुधार हुन सकेको छैन। यद्यपी लामो समयसम्म डिप्रेस बजारले सुधारको बाटो खोजिरहेको छ।

सर्वाधिक धेरै सुधार हुनेमा कम्पनीको सूचकमा अधिकाम्स फाइनान्स छन्। श्री इन्भेष्टमेन्ट फाइनान्सको सूचकमा सर्किट लागेको छ। केहि समयदेखि जलविद्युत कम्पनीको शेयर मूल्यमा मात्रै सुधार भइरहेको थियो। हाइड्रोपावरको शेयर डाइभर्स गरेर अव लो क्यापकै कम्पनीमा आकर्षण बढ्ने निश्चित छ।

हाइ क्यापका कम्पनीमा सुधार आउने वित्तीकै बजारमा तत्काल करेक्सन आउने ट्रेण्ड देखिएकाले सुरुवाति दिनमा लो क्यापमा पैसा कमाएर मात्रै हाइ क्यापका कम्पनीमा सुधार हुने हो भने बजारमा दिगो सुधार आउन सक्छ अन्यथा अलि अलि बढ्ने वित्तीकै नाफा बुक हुने र बजारले गति लिने सम्भावना ज्यादै न्युन रहन्छ।

शेयर बजारलाई असर गर्ने कुनै पनि कारण अहिले छैन। यद्यपी ठुला लगानीकर्ताले नेप्से सूचक १८ सयबाट तीन हजारको यात्रा तय गर्दा शेयर बिक्री गरेर बाहिरिएका थिए। ति लगानीकर्ता बजारमा कहिल्यै नफर्किने गरी बाहिरिएकाले त्यसको असर शेयर बजारले भोगिरहेको ब्रोकरहरु बताउछन्।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया