Nepal Life

नेपालको शेयर बजारमा नयाँ यात्रा सुरु गर्नुअघि जान्नैपर्ने कुराहरु, तारा प्रसाद फुल्लेलको लेख

RBB
  • तारा प्रसाद फुल्लेल
  • 2025 Jun Wed 12:56
नेपालको शेयर बजारमा नयाँ यात्रा सुरु गर्नुअघि जान्नैपर्ने कुराहरु, तारा प्रसाद फुल्लेलको लेख
Shikhar detail

काठमाडौं। शेयर बजार आजको आधुनिक अर्थतन्त्रको मेरुदण्ड हो, जहाँ कम्पनीहरूले पूँजी संकलन गर्छन् र सर्वसाधारणले मुनाफाको अवसर खोज्छन्। नेपालमा पनि पछिल्ला वर्षहरूमा शेयर बजारप्रति आम नागरिकको चासो र सहभागिता उल्लेख्य रूपमा बढेको छ। डिजिटल प्रविधिको विकाससँगै अब घरमै बसेर सेयर किनबेच गर्न सकिने प्रणालीले नयाँ लगानीकर्ताहरूको पहुँचलाई सहज बनाएको छ।

NIMB

तर, शेयर बजारको आकर्षणमात्र हेरेर जानकारी बिना लगानी गर्दा घाटा हुने सम्भावना अत्यधिक हुन्छ। यस लेखमा, नयाँ लगानीकर्ताका लागि उपयोगी व्यवहारिक जानकारी, प्रक्रिया र सुझावहरू समावेश गरिएका छन्।

शेयर बजार के हो ?

शेयर बजार (Stock Market) भन्नाले त्यस्तो बजार हो जहाँकम्पनीहरू आफ्ना स्वामित्वका अंशहरू, जसलाई ‘सेयर’ भनिन्छ, सार्वजनिक रूपमा बिक्री गर्छन । लगानीकर्ताले यी सेयर किनेबापत कम्पनीको स्वामित्वमा सानो हिस्सा प्राप्त गर्छन ।

लगानिकर्ताले कम्पनीको लाभांश (dividend) पाउने अधिकार राख्छन र भविष्यमा सेयर मूल्य बढ्दा फाइदा उठाउन सक्छन । नेपालमा शेयर कारोबार नेपालको एक मात्र नेपाल स्टक एक्सचेञ्ज (NEPSE) मार्फत हुन्छ । नेप्सेले सेयर कारोबारको व्यवस्था र निगरानी गर्छ। नेपालको शेयर बजारमा कसरी प्रवेश गर्ने? शेयर बजारमा प्रवेश गर्नका लागि तपाईंसँग केही देहाय वमजिमका खाता तथा कागजातहरू हुनुपर्छ।

१. DEMAT खाता खोल्ने

DEMAT (Dematerialized) खाता तपाईंको सेयरलाई कागजी होइन, डिजिटल रूपमा राख्ने प्रणाली हो । यसलाई तपाईंकुनैपनि पूँजी बजार सेवा दिने संस्था (Depository Participant) मा गएर खोल्न सक्नुहुन्छ । जस्तै: बैंक, ब्रोकर फर्म, वा मर्चेन्ट बैंकरहरू ।

२. Mero Share खाता खोल्ने

Mero Share CDS & Clearing Limited (CDSC) को सेवा हो जसले तपाईंलाई अनलाइनमार्फत IPO भर्न, सेयर ट्रान्सफर गर्नर आफ्ना खाताहरू हेर्नसुविधा दिन्छ । यो खाता DEMAT खाता खोलेपिछ खुल्छ ।

३. ब्रोकर खाता खोल्ने

NEPSE मा सेयर खरिदबिक्री गर्नब्रोकरमार्फत जानुपर्छ। NEPSE मा दर्जनौं ब्रोकरहरू दर्ता छन । तपाईंले कुनैएक ब्रोकर रोजेर त्यसको साथ खाता खोल्नुपर्छ। अहिले प्रायः ब्रोकरहरूले अनलाइन खाता खोल्ने सेवा पनि दिएका छन ।

कम्पनीको छनौट कसरी गर्ने?

शेयर बजारमा सफल लगानीको पहिलो आधार हो– सही कम्पनीको छनौट । यो सिजलो प्रक्रिया होइन, तर केही मापदण्डहरू अपनाउँदा निर्णय सहज हुन्छ ।

१. वित्तीय विवरण अध्ययन गर्नुहोस ।

कम्पनीको मुनाफा, घाटा, सम्पत्ति, दायित्व (liability), नगद प्रवाह (cash flow) आदिका विवरणहरू ‘Annual Report’ वा ‘Quarterly Report’ मा पाउन सक्नुहुन्छ । यी विवरणहरूले कम्पनीको आर्थिक स्वास्थ्यको संकेत गर्छन र यसको आधारमा तपाँईले लगानि रणनीति बनाऊन सक्नुहुन्छ ।

२. डिभिडेण्ड इतिहास हेर्नुहोस ।

नियिमत र आकर्षक डिभिडेण्ड दिने कम्पनीहरू दीर्घकालीन लगानीका लागि फलदायक हुन सक्छन । यसले कम्पनीको लाभांश दिने क्षमताको आकलन गर्नसहयोग पनि गर्छ।

३. कम्पनी कुन क्षेत्रमा काम गर्छ।

कृषि, बैंकिङ, बीमा, जलविद्युत, उत्पादन उद्योग, सेवा क्षेत्र जस्ता विभिन्न क्षेत्रका कम्पनीहरू बजारमा छन । ती क्षेत्रमा रहेको जोखिम र सम्भावनाको मूल्याङ्कन गर्नुपर्छ ।

४. कम्पनीको प्रबन्धन टोली (सञ्चालक)

व्यवसायिक, इमान्दार र सक्षम प्रबन्धन टोली भएको कम्पनीको दीर्घकालीन भविष्य राम्रो हुने सम्भावना रहन्छ । उनीहरूले लिएका निर्णयले कम्पनीको वृद्धि र गिरावटमा ठूलो असर पार्छ।

विशेषगरी नयाँलगानीकर्ताले ध्यान दिनुपर्नेकुराहरू :

शेयर बजारमा लगानी गर्नुभनेको जखिम मोलेर नाफा कमाउने प्रयास हो । त्यसैले, निम्न कुरामा विशेष ध्यान दिनुजरुरी हुन्छ:

१. शेयर शिक्षा अनिवार्य हुन्छ ।

लगानी गर्नुअगाडि बजारको आधारभूत जानकारी लिने काम गर्नुहोस । यूट्युब भिडियोहरू, अनलाइन कोर्सहरू, सेमिनारहरू, पुस्तकहरू आदि सिकाइको राम्रो माध्यम हुन सक्छन ।

२. कम्पनिको बारेमा अनुसन्धान (Research) गर्नुहोस:

अरूले के भने भनेर लगानी गर्नुभन्दा आफैंले कम्पनीको स्थिति, बजारको अवस्था, कम्पनिको भविष्यको सम्भावना आदिको मूल्याङ्कन गरेर मात्रैलगानि गर्नुपर्छ।

३. धैर्यरहन सिक्नुपर्छ:

बजारको उतारचढाव सामान्य प्रक्रिया हो । छोंटो समयको गिरावट देखेर सेयर बेच्ने हतार नगर्नुहोस । राम्रो कम्पनीमा लगानी गर्दा समयसँगैमूल्य बढ्ने सम्भावना हुन्छ ।

४. लगानी विविधीकरण (Diversification) गर्नुहोस:

आफुसंग भएको पुरैपैसा एकैकम्पनी वा एऊटैक्षेत्रको सेयरमा लगाउनुजोखिमपूर्ण हुनसक्छ । विभिन्न क्षेत्र र विभिन्न कम्पनीको सेयरमा लगानी गर्नुसुरक्षा कवच जस्तै हो ।

शेयर बजारमा लगानीका लागि प्रमुख दुई तरिका छन ।

१. प्राथिमक बजार (IPO/FPO)

कम्पनीले पहिलोपटक सेयर जारी गर्दा आउने प्रस्तावलाई IPO भनिन्छ । यो एक सुरक्षित र न्यून लागतको लगानी विकल्प हो । Mero Share प्रयोग गरी अनलाइन आवेदन दिन सकिन्छ । FPO भनेको कम्पनीले दोस्रोपटक पूँजी संकलनका लागि ल्याउने प्रस्ताव हो ।

२. दोस्रो बजार (Secondary Market)

IPO पिछ खुलेको सेयर दोस्रो बजारमा ब्रोकरमार्फत किनबेच गर्नसकिन्छ । NEPSE मा सूचीकृत कम्पनीहरूको सेयर मूल्य हरेक दिन बजार अनुसार घटबढ हुने गर्छ। दोश्रो बजारमा ट्रेडिङ कसरी गर्ने? सेयर किनबेच (trading) गर्नतपाईंसँग ब्रोकर खाता र TMS (Trade Management System) प्रयोग गर्नेपहुँच हुनुपर्छ।

i. अनलाइन ट्रेडिङ

ब्रोकर कम्पनीहरूले आफ्नैTMS पोर्टल मार्फत अनलाइन सेयर कारोबार गर्नदिने व्यवस्था गरेका छन । तपाईंले आफ्नैखाता प्रयोग गरेर आदेश दिन (कारोबार गर्न सक्नुहुन्छ) ।

ii. ब्रोकरमार्फत आदेश दिने (Offline Trading)

यदि तपाईंलाई अनलाइन प्रयोग गर्नगाह्रो छ भने ब्रोकर कम्पनीलाई फोन वा इमेल गरेर पनि सेयर किनबेचको आदेश दिन सकिन्छ । व्यावहारिक सुझावहरू

१) लगानी गर्दा ‘rumor’ मा भर नपार्नुहोस ।

२) बजारको प्रवृत्ति (trend) बुझ्नका लागि NEPSE को दैनिक रिपोर्टअध्ययन गर्नुहोस ।

३) नियिमत रूपमा आर्थिक समाचार पढ्नुहोस ।

४) बोनस र राइट सेयरका खबरहरूमा ध्यान दिनुहोस ।

५) कर प्रणालीको जानकारी राख्नुहोस, नाफा सहितको सेयर बिक्रीमा पुँजीगत लाभ कर लाग्न सक्छ ।

नेपालको शेयर बजारमा लगानी एक राम्रो आर्थिक अवसर हुन सक्छ, तर सही योजना र जानकारी बिना यो घाटाको कारण पनि बन्न सक्छ । नयाँलगानीकर्ताले धैर्यपूर्वक सिक्न, सानो लगानीबाट सुरु गर्नर बिस्तारै अनुभव बढाउँदै जानु आवश्यक हुन्छ । शेयर बजारमा लगानी केवल पैसा कमाउने उपाय होइन, यो एक दीर्घकालीन रणनीतिक सोच र आत्मविकासको प्रक्रिया पनि हो । यदि तपाईं सावधानीपूर्वक अगाडि बढ्नुहुन्छ भने शेयर बजार तपाईंको आर्थिक स्वतन्त्रताको ढोका बन्न सक्छ ।

(लेखक शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष हुन्।)

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया