NIMB Header 2
Nepal Life

दुई दिन पनि टिक्न सकेन नेप्सेको सुधार: आक्रामक हुँदा लगानी फस्ने, नहुँदा अवसर गुम्ने चिन्ता!

National Life
  • BFIS News
  • 2025 Jun 11 15:09
दुई दिन पनि टिक्न सकेन नेप्सेको सुधार: आक्रामक हुँदा लगानी फस्ने, नहुँदा अवसर गुम्ने चिन्ता!
Sanima Reliance

काठमाडौं। पछिल्लो समय शेयर बजारका लगानीकर्ताहरु सबैभन्दा धेरै हतासमा देखिने गरेका छन्। बजार बढ्छ भन्दा भन्दै धेरैको लगानी डुबिसकेको छ। लगानी मात्रै डुबेको छैन पोर्टफेलियो लसमा हुँदा मार्जन कलको मार खेप्नु परिरहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार शेयर धितोकर्जामा सबैभन्दा धेरै सुधार देखिएको छ। 

Shikhar
NIMB

लगानीकर्ताहरु शेयर बजारमा अवसर कुरिरहेका छन्। सबैले अवसर मात्रै कुर्दा बजार सोचेको भन्दा फरक ढङ्गले अगाडी बढिरहेको छ। बजारमा सबैको मानसिकता एउटै भयो भने त्यसले बजारलाई एउटा तहमा पुर्याउछ भनिन्छ। तर अहिले बजार बढ्दैन भन्ने कोहि पनि छैनन् तर बजार बढ्न सकेको छैन। 

केहि सिमित कम्पनीको सूचकमा उछाल आए पछि समग्रमा लगानीकर्ताको पोर्टफेलियो लसमा देखिदै आएको छ। सिजनमै बजार बढ्न नसक्दा लगानीकर्ताहरु कुनै पनि समयमा शेयर बजार बाउन्स व्याक हुने प्रक्षेपण गरिरहेका छन्। तर सोच भन्दा फरक हिसावले बजार बढ्न सकेको छैन। 

यो समयमा लगानीकर्ताहरु यस्तो दोधारमा छन् जहाँ लगानी नगर्दा अवसर गुम्ला भन्ने डर छ भने हौसिएर लगानी गर्दा आजको भोलि पोर्टफेलियो लस हुने अवस्था छ। यहि भुमरीमा कारोबार रकम भने एकदमै राम्रो छ। आज १३.२८ अंकले शेयर बजार घट्दा कारोबार रकम ९ अर्ब ९० करोड रुपैयाँको भएको छ। ७७ वटा कम्पनीको शेयर मूल्यमा सुधार आए पनि १७० वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। 

बुटवल पावरको शेयर मूल्यमा आज सर्किट लागेको छ। त्यस्तै विकास बैंकको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ। मंगलबार फाइनान्समा उछाल आए पनि आज बढ्न सकेन। जलविद्युत क्षेत्रमा भने आज पनि सुधार देखिन्छ। यस पटक हाइड्रो चलिरहेको छ। 

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया