NIMB Header 2
Nepal Life

उत्पादन तथा प्रशोधन समुहका १७ कम्पनीले २४ अर्ब ७९ करोडको आइपिओ ल्याउदै, ५ वटाले प्रिमियममा ल्याउदै

National Life
  • BFIS News
  • 2025 Jun 11 20:30
उत्पादन तथा प्रशोधन समुहका १७ कम्पनीले २४ अर्ब ७९ करोडको आइपिओ ल्याउदै, ५ वटाले प्रिमियममा ल्याउदै
Sanima Reliance

काठमाडौं। शेयर बजारमा सबै समुहका कम्पनीहरुको समान प्रतिनिधित्व नहुँदा समय समयमा आलोचना हुने गरेको छ। त्यसमा पनि उत्पादन तथा प्रशोधनमुलक क्षेत्रका कम्पनीको संख्या ज्यादै न्युन हुनुले शेयर बजारले वास्तविक रुपमा अर्थतन्त्रको ऐनाको रुपमा काम नगर्ने भनिरहदा पछिल्लो समय नेपाल धितोपत्र बोर्डमा यस समुहका १७ वटा कम्पनीले आइपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएका छन्।

Shikhar
NIMB

हाल दोस्रो बजारमा १० वटा कम्पनी मात्रै यस समुहमा रहेका छन्। १७ वटाले आइपिओ जारी गरे सँगै दोस्रो बजारमा यस समुहबाट पनि २७ वटा कम्पनीले प्रतिनिधित्व जनाउने छन्। नेपाल धितोपत्र बोर्डका अनुसार १७ वटा कम्पनीले २४ अर्ब ७९ करोड रुपैयाँको शेयर जारी गर्ने छन्। यसमा पनि ५ वटाले प्रिमियममा शेयर जारी गर्ने प्रस्ताव गरेका छन्। ११ करोड ३१ लाख कित्ता शेयर जारी गरे कम्पनीहरुले प्राथमिक बजारबाट राम्रो पैसा लैजाने छन्।

जगदम्बा स्टिलले प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँको दरले २ करोड शेयर जारी गर्नेछ। यसबाट कम्पनीले बजारबाट मात्रै ६ अर्ब २ करोड उठाउनेछ। त्यस्तै प्रिमियममा शेयर जारी गर्न सौर्य सिमेन्टले प्रति कित्ता २६४.५१ रुपैयाँ, मारुती सिमेन्टले प्रतिकित्ता ३७७ रुपैयाँ, रिद्धिसिद्धि सिमेन्टले प्रतिकित्ता २१४ रुपैयाँ र अम्बे स्टिलले प्रतिकित्ता ३०३ रुपैयाँमा शेयर जारी गर्न अनुमती माग गरेका छन्।

गएका वर्षमा केहि उत्पादन तथा प्रशोधनमुलक कम्पनीले प्रिमियममा शेयर जारी गर्दा बजारमा चर्को आलोचना पनि भयो। सरकार तथा नेपाल धितोपत्र बोर्डले पनि उत्पादन तथा प्रशोधनमुलक कम्पनीहरुलाई प्रोत्साहन गर्न प्रिमियममा शेयर जारी गर्न अनुमति प्रदान गर्दै आइरहेका छन्। बैंक वित्तीय संस्था र बीमाबाट डोमिटेट नेपालको शेयर बजारमा बास्तविक क्षेत्रका कम्पनीले मात्रै वास्तविक दृश्य निर्माण गर्ने विश्लेषकहरु बताउछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया