NIMB Header 2
Nepal Life

हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा आजदेखि आवेदन खुला

National Life
  • BFIS News
  • 2025 Jun 13 12:39
हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा आजदेखि आवेदन खुला
Sanima Reliance

काठमाडौं, जेठ ३०।   हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आज (जेठ ३० गते) देखि आईपीओ (प्राथमिक शेयर) निष्कासन सुरु गरेको छ।

Shikhar
NIMB

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै शेयर बिक्री सुरु गरेको हो।

कम्पनीले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता साधारण शेयर निष्कासनको अनुमति पाएको छ। सोमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि छुट्याइएको छ।

यस आईपीओका लागि ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका–८, साविक भुसिङ्गा गाविसका सबै वडा, तथा सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका–२, साविक गोली गाविस वडा नं. १ देखि ५ सम्मका स्थानीयले आवेदन दिन सक्नेछन्।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल ९३ लाख २५ हजार रुपैयाँ बराबरको ९३ हजार २५० कित्ता शेयर निष्कासन गरिएको छ। सो शेयर नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि आवेदन दिने अन्तिम म्याद छिटोमा असार १३ गते र ढिलोमा असार २९ गतेसम्म तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने अनिवार्य रूपमा असार १३ गतेभित्र आवेदन दिनुपर्नेछ।

कम्पनीको वित्तीय अवस्था मूल्याङ्कन गर्ने इक्रा नेपालले हिम स्टार ऊर्जा कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिमयुक्त रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ७७ लाख रुपैयाँभन्दा बढी परेको छ। आयोजनाको विद्युत् अनुमतिपत्रमा अझै २७.७ वर्ष बाँकी रहेको छ। परियोजनाबाट लगानी फिर्ता हुने औसत अवधि ७.१४ वर्ष र छुटमा (Discounted Payback Period) ११.७५ वर्ष रहने कम्पनीले जनाएको छ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
स्थानीय बासिन्दाहरूले सिटिजन्स बैंक इन्टरनेशनलको लिखुपिके शाखा, खिजिदेम्बा गाउँपालिका वडा नं. ८ मा रहेको महिला भवन, जनस्वास्थ्य भवन, र लिखुपिके वडा नं. २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, बिक्री प्रबन्धकको वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ। आवेदन फारम लिन दरखास्त शुल्क २ रुपैयाँ लाग्नेछ।

विदेशमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया