NIMB Header 2
Nepal Life

एयर इन्डिया विमान दुर्घटना : १२ करोड डलरभन्दा बढीको बिमा दाबी, भारतीय उड्डयन इतिहासमै सबैभन्दा महँगो दाबी हुन सक्ने

IME LIFE
  • BFIS News
  • 2025 Jun 13 13:06
एयर इन्डिया विमान दुर्घटना : १२ करोड डलरभन्दा बढीको बिमा दाबी, भारतीय उड्डयन इतिहासमै सबैभन्दा महँगो दाबी हुन सक्ने
United Ajod

काठमाडौं भारतको अहमदाबादमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनाले भारतीय उड्डयन इतिहासकै सबैभन्दा महँगो बिमा दाबी निम्त्याउने अनुमान गरिएको छ।

Nepal Life
NIMB

१२ करोड अमेरिकी डलरभन्दा बढीको बिमा दाबी हुन सक्ने सम्भावना रहेको इकोनोमिक टाइम्सले घटनासँग परिचित स्रोतहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

बिमा दाबीको अनुमानित संरचना अनुसार, केवल विमानको मूल्य (हल लस) ८ करोड डलर हुने अनुमान छ भने यात्रु क्षतिपूर्तिको रकम ३ देखि ५ करोड डलर बीचमा हुने बताइएको छ। एयर इन्डियाले आफ्नो सम्पूर्ण विमान बेडाको लागि २० अर्ब डलर बराबरको उड्डयन बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ।

यस बिमा योजनामा टाटा समूह अन्तर्गतको टाटा एआइजी सहितका स्वदेशी बिमा कम्पनीहरूले हल र लायबिलिटी कवरेज बाँडफाँड गरेका छन्। यसबाहेक, पुनर्बिमा संरचना अन्तर्राष्ट्रिय कन्सोर्टियमले सम्हालेको छ, जसको नेतृत्व एआइजी (AIG) ले गरिरहेको छ। न्यू इन्डिया एस्युरेन्सजीआइसी रि जस्ता सार्वजनिक संस्थाहरु पनि सो संरचनामा सहभागी छन्।

दुर्घटनापछि न्यू इन्डिया एस्युरेन्स र जीआइसी रिको सेयर मूल्य क्रमशः ४ प्रतिशत र ३ प्रतिशतले घटेको छ। दुर्घटनामा परेको बोइङ ७८७–८ ड्रीमलाइनर विमान सन् २०२१ मा १५ करोड डलरमा पुनर्बिमा (रिन्सुरेन्स) गरिएको थियो।

बुधबार भारतको अहमदाबादबाट उडेको एयर इन्डियाको सो विमान उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो। विमानमा २४२ जना सवार थिए भने विमान खसेको स्थानमा रहेका मानिसहरूसहित कम्तिमा २९० जनाको मृत्यु भएको अनुमान गरिएको छ।

उक्त घटनाले भारतीय उड्डयन क्षेत्रलाई गम्भीर आर्थिक भारमात्र नभई नैतिक र नियामक चुनौती पनि थपेको विश्लेषण गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया