Nepal Life

दरम खोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Jun 15 11:37
दरम खोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आईपीओ निष्काशन गर्ने
National Life

काठमाडौं, असार १।  दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आउँदो असार ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत, अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरका ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। १० लाख ३० हजार ५०० कित्ता शेयर (१० करोड ३० लाख ५० हजार रुपैयाँ बराबर) आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ।

आवेदन दिन सक्ने क्षेत्रहरू:

गुल्मी जिल्ला – मुसिकोट नगरपालिका

बागलुङ जिल्ला – गल्कोट नगरपालिका र बडीगाड गाउँपालिका

२९ लाख १९ हजार ५०० कित्ता शेयर (२९ करोड १९ लाख ५० हजार रुपैयाँ बराबर) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

बाँकी शेयरमध्ये ५८ हजार ३९० कित्ता कम्पनीका कर्मचारीहरूका लागि, र १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आवेदन म्याद:

स्थानीय बासिन्दाका लागि: छिटोमा असार २३ गते, ढिलोमा साउन ६ गतेसम्म।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि: असार २३ गतेसम्म।

कम्पनीको आईपीओ निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले IRN BB- (डबल बी माइनस) रेटिङ प्रदान गरेको छ, जसले औषत स्तरको जोखिम रहेको संकेत गर्दछ।

आयोजना विवरण:

दरम खोला हाइड्रो इनर्जी लिमिटेडले ९.६ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

आयोजनाको अनुमानित लागत: २ अर्ब ३८ करोड रुपैयाँ

 प्रति मेगावाट लागत: २५ करोड रुपैयाँ

 विद्युत उत्पादन अनुमतिपत्र बाँकी अवधि: २८ वर्ष

 साधारण लगानी फिर्ता हुने अवधि: ९.८३ वर्ष

 डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि: १७.९० वर्ष

बिक्री तथा निष्काशन प्रबन्धक:

लक्ष्मी सनराइज क्यापिटल लिमिटेड

आवेदन दिने स्थानहरू (स्थानीय बासिन्दाका लागि):

ग्लोबल आइएमई बैंक – वामी शाखा

लक्ष्मी सनराइज बैंक – गल्कोट शाखा

प्रभु बैंक – गल्कोट शाखा

दरम खोला पावरहाउस कार्यालय

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि:

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया