NIMB Header 2
Nepal Life

ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई खरिदको आवेदन अवधि साउन ४ गतेसम्म लम्बियो

National Life
  • BFIS News
  • 2025 Jul 09 11:38
ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई खरिदको आवेदन अवधि साउन ४ गतेसम्म लम्बियो
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि निष्कासनमा ल्याएको सामूहिक लगानी कोष ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई खरिदका लागि आवेदन दिने समय अवधि साउन ४ गतेसम्म लम्बिएको छ।

Shikhar
NIMB

१० वर्षे बन्दमुखी प्रकृतिको यो योजनाअन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १२ करोड इकाई, अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड इकाई बिक्रीमा ल्याएको हो।

निष्काशन गरिएको कुल इकाईमध्ये १५ प्रतिशत, अर्थात् १.८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई र १ करोड ६२ लाख इकाई बीज पूँजीका रूपमा छुट्याइएको छ। बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिँदैछ।

यो योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

इच्छुक लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयहरूबाट वा सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

यस योजनाका लागि प्राप्त रेटिङअनुसार, कोष प्रवर्दकलाई इक्रा नेपालले “ICRANP-IR A-” रेटिङ दिएको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले “IRN-AMC Quality 3+” रेटिङ प्रदान गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया