NIMB Header 2
Nepal Life

नेपाल राष्ट्र बैंकले आवास कर्जाको सीमा बढायो, घरको मूल्याङ्कनको ८० प्रतिशतसम्म कर्जा पाइने

National Life
  • BFIS News
  • 2025 Jul 11 13:38
नेपाल राष्ट्र बैंकले आवास कर्जाको सीमा बढायो, घरको मूल्याङ्कनको ८० प्रतिशतसम्म कर्जा पाइने
Sanima Reliance

काठमाडौँ, २०८२ असार २७ गते। नेपाल राष्ट्र बैंकले आवासीय कर्जामा खुकुलो नीति लिएको छ। शुक्रबार गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै निजी आवासीय घर निर्माण तथा खरिद गर्न पाइने कर्जाको सीमा बढाइएको जानकारी दिएका हुन्।

Shikhar
NIMB

अब निजी आवासीय घर निर्माण वा खरिद गर्न अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ। यसअघि यो सीमा २ करोड रुपैयाँमा सीमित थियो। राष्ट्र बैंकको यो निर्णयले मध्यम वर्गीय परिवारहरूलाई राहत दिने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले पहिलो घरको हकमा कर्जा मूल्य अनुपात (Loan to Value Ratio) ८० प्रतिशतसम्म कायम गर्न सकिने जनाएको छ। अन्य घर निर्माण वा खरिदको हकमा भने ७० प्रतिशतसम्म मात्र कर्जा पाइने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले पहिलो घर निर्माण वा खरिदमा आम्दानी स्रोतको प्रमाणका लागि पनि खुकुलो नीति लिएको छ। अब कर कार्यालय र बैंकमा बुझाइने विवरण पूर्ण रूपमा मेल खानैपर्ने बाध्यता नरहने भएकाले सानातिना तथा मझौला व्यवसायीहरूलाई कर्जा लिन सजिलो हुने भएको छ।

साथै, अबदेखि ३ करोड रुपैयाँभन्दा कम कर्जामा कडाइ नगरिने भएकोले मध्यम वर्गका लागि घर निर्माण तथा खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ। यसअघि कडाइका कारण ऋण लगानीमा सुस्तता देखिएको थियो। अब भने यो नीतिले आवास क्षेत्रको पुनः गतिशीलता ल्याउने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया