NIMB Header 2
Nepal Life

हिमस्टार उर्जा कम्पनीको आइपिओमा १९ लाख ९७ हजारले दिए आवेदन, भाग्यमानी ७७ हजार ३९७ जनाले शेयर पाउदा अरुको हात खाली हुने

National Life
  • BFIS News
  • 2025 Jul 11 17:32
हिमस्टार उर्जा कम्पनीको आइपिओमा १९ लाख ९७ हजारले दिए आवेदन, भाग्यमानी ७७ हजार ३९७ जनाले शेयर पाउदा अरुको हात खाली हुने
Sanima Reliance

काठमाडौं। हिमस्टार उर्जा कम्पनीको आइपिओमा १९ लाख ९७ हजार २४२ जनाले आवेदन दिएका छन्। उनिहरुले २ करोड ३३ लाख ४७ हजार ३३० कित्ताका लागि आवेदन दिदा २ अर्ब ३३ करोड ४७ लाख ३३ हजारको माग गरेका छन्। कम्पनीको आइपिओमा आवेदन दिने मध्ये भाग्यमानी ७७ हजार ३९७ जनाले मात्रै १० कित्ताका दरले शेयर प्राप्त गर्ने छन्। यस हिसावले आवेदन दिने मध्ये १९ लाख १९ हजार ८४५ जनाको हात खालि हुने भएको छ।  

Shikhar
NIMB

कम्पनीले यहि असार २४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको थियो। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले कुल ३७ करोड ३० लाख रुपैयाँको जारी पूँजीमध्ये ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो। यसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ।

अब कम्पनीले कर्मचारीहरूका लागि १८ हजार ६५० कित्ता तथा सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता छुट्याएर बाँकी ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।  

आईपीओ निष्काशनको लागि कम्पनीले प्राप्त गरेको रेटिङ्गमा इक्रा नेपालले "इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस" प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ।

हिम स्टार उर्जा कम्पनीले सञ्चालन गरेको ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना निर्माण लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ रहेको छ। आयोजना सञ्चालनका लागि विद्युत अनुमतिपत्रको अवधि अझै २७.७ वर्ष बाँकी रहेको छ। कम्पनीले उल्लेख गरेअनुसार सो आयोजना लगानी फिर्ता हुने साधारण अवधि ७.१४ वर्ष र छुटमा फिर्ता हुने अवधि ११.७५ वर्ष रहेको छ। यस आईपीओको बिक्री तथा निष्काशन प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया