सञ्चयकर्ताका लागि नयाँ ब्याजदर सार्वजनिक, साउन १ गतेदेखि लागू
- BFIS News
- 2025 Jul Wed 16:29

काठमाडौं, असार ३१ – कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरूका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। कोष सञ्चालक समितिको निर्णयअनुसार साउन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गरिने वार्षिक ब्याजदर तथा सापटीहरूमा लाग्ने ब्याजदर परिमार्जन गरिएको हो।
नयाँ ब्यवस्थाअनुसार सञ्चयकर्तालाई सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा वार्षिक ५ प्रतिशत ब्याज प्रदान गरिनेछ।
सापटी सम्बन्धी नयाँ ब्याजदर निर्धारण गरिएको छ:
विशेष सापटी: ६.२५ प्रतिशत घर सापटी, शैक्षिक सापटी, घर
मर्मत सापटी: ७.२५ प्रतिशत जग्गा खरिद सापटी तथा सरल
सापटी: ७.५० प्रतिशत विशेष सापटी बाहेकका धितोमा आधारित सापटीहरूमा ब्याज नियमित रूपमा चुक्ता गर्ने सञ्चयकर्तालाई ०.२५ प्रतिशत छुट (Rebate) दिने व्यवस्था गरिएको छ।
कोषले हाल निम्न सीमा अनुसार सापटी प्रदान गर्दै आएको छ:
घर निर्माण वा जग्गा खरिदका लागि: अधिकतम रू. १ करोड
घर मर्मतका लागि: अधिकतम रू. ३० लाख
शैक्षिक सापटी (सञ्चयकर्ता वा पति/पत्नी/छोरा/छोरीका लागि): अधिकतम रू. ४० लाख
सरल सापटी (भैपरी आउने कार्यका लागि): अधिकतम रू. ६० लाख
विशेष सापटी: सञ्चयकर्ताको खातामा रहेको रकमको ९० प्रतिशतसम्म
चालू आर्थिक वर्षमा कोषमार्फत विभिन्न शीर्षकमा सापटी वा सुविधा लिने सञ्चयकर्ताको विवरण यसप्रकार छ:
विशेष सापटी: १,५८,३४४ जना
कोष भुक्तानी: १,१४,४५६ जना
धितोमा आधारित सापटी: २,९२६ जना
सामाजिक सुरक्षा सुविधा: २५,२९८ जना
योगदानमा आधारित निवृत्तभरण: १,७९१ जना
काठमाडौं उपत्यका सहित सातै प्रदेशमा रहेका कोषका शाखा कार्यालय र सेवा केन्द्रहरूबाट सञ्चयकर्तालाई विभिन्न सापटी सेवा दिइँदै आएको छ।
हाल कर्मचारी सञ्चय कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान, संगठित क्षेत्र, सामुदायिक तथा संस्थागत विद्यालयका गरी करीब ५ लाख ८० हजार सञ्चयकर्ता तथा ९९ हजार ३९१ योगदानकर्ता आवद्ध रहेका छन्। कुल आवद्ध संख्या ६ लाख ७९ हजार ३९१ रहेको छ।
प्रतिक्रिया