NIMB Header 2
Nepal Life

हिमालयन बैंकको एफपिओमा ४ अर्ब १७ करोडको आवेदन :२.८७ गुणा वढी, आइतबारसम्म मात्रै बिक्री खुला हुने

National Life
  • BFIS News
  • 2025 Jul 19 07:28
हिमालयन बैंकको एफपिओमा ४ अर्ब १७ करोडको आवेदन :२.८७ गुणा वढी, आइतबारसम्म मात्रै बिक्री खुला हुने
Sanima Reliance

काठमाडौं। हिमालयन बैंकको एफपिओमा २.८७ गुणा बढि आवेदन परेको छ। बैंकले प्रिमियममा जारी गरेको एफपिओमा शुक्रवार साझसम्ममा ११ लाख २३ हजारले २ करोड ६५ लाख कित्ताका लागि आवेदन दिएका छन्। 

Shikhar
NIMB

सिडिएससीका अनुसार ४ अर्ब १७ करोडको आवेदन परेको छ। बैंकले ९२ लाख ५० हजार कित्ता शेयर जारी गरेको छ। यसमा १० कित्ताका दरले शेयर पाउदा पनि ९ लाख २५ हजार भन्दा धेरैले शेयर पाउने छन्।

बिक्री खुला भएको पहिलो दिनमा बैंकको एफपिओमा खासै आकर्षण नदेखिए पनि पछिल्ला तीन दिनमा माग भन्दा धेरैको आवेदन भने परेको छ। यसको प्रमुख कारण बैंकको दोस्रो बजारमा कायम शेयर मूल्य र प्रिमियम सहितको मूल्यका विचमा धेरै ठुलो अन्तर छैन। कम्पनीले प्रति कित्ता १५७ रुपैयाँका दरले शेयर जारी गरेको छ। तर अहिले दोस्रो बजारमा बैंकको शेयर मूल्य २४८ रुपैयाँ रहेको छ। विगत एक वर्षको अवधिमा बैंकको शेयर मूल्य अधिकतम ३१२ रुपैयाँसम्म पुगेको थियो भने न्युनतम २०७ रुपैयाँसम्म झरेको देखिन्छ। बिहीबार बैंकको शेयर मूल्यमा ११ रुपैयाँले सुधार आयो जसले पनि बैंकको एफपिओ ओभर सब्सक्राइब हुन मद्दत पुर्याएको छ। 

बैंकको तत्कालको शेयर मूल्य हेरेर आवेदन दिनका लागि धेरै आकर्षित नदेखिएला तर जसले प्राथमिक बजारबाट खरिद गरेको शेयरलाई खासै बिक्री गर्दैनन् उनिहरुका लागि भने यो शेयर नराम्रो छैन। अहिलेकै अवस्थामा पनि बैंकको शेयरमा ८० रुपैयाँ फाइदा हुन जान्छ।

बैंकले अहिले जारी गरेको शेयरबाट प्रति कित्ता ५७ रुपैयाँका दरले कुल ५२ करोड ७२ लाख रुपैयाँ प्रिमियम संकलन गर्नेछ। बैंकले यसबाट शेयरधनीलाई बोनस शेयर वितरण गर्न पाउछ। आजका दिनमा बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। बैंकले विगत ४ वर्षदेखि लाभांश वितरण गर्न पाएको छैन। यसले गर्दा बैंकको जगेडा कोषमा २२ अर्ब ८३ करोड रुपैयाँ जम्मा भइसकेको छ। बैंकको खराव कर्जा अझै पनि सुध्रिन बाँकी छ। आर्थिक अवस्थामा केहि सहजता सँगै खराव कर्जामा सुधार आउने वित्तीकै बैंकले शेयरधनीलाई बम्पर लाभांश दिन सक्ने छ। यसले गर्दा अवको केहि वर्षमै बैंकका शेयरधनीले बैंकबाट राम्रो लाभांश पाउन सक्ने छन्। यसले गर्दा पनि दीर्घकालिन सोचका साथ लगानी गर्नेका लागि बैंकको शेयर मूल्य एकदमै सस्तो हो।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम, बैंकले आफ्नो कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले यस एफपीओको प्रक्रिया सुरु गरिएको हो।

हालको अवस्थामा, बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। यसमा ७२.९९ प्रतिशत संस्थापक समूहको हिस्सामा रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको कब्जामा रहेको छ। अब, सर्वसाधारणको हिस्सालाई ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गर्दैछ। यसमा, प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ भने ५७ रुपैयाँको प्रिमियम थपेर १५७ रुपैयाँको मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता शेयर बिक्री हुनेछन्।

एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। पहिलो तीन दिनमै माग भन्दा बढिको आवेदन परेकोले पहिलो चरणमै अर्थात साउन ४ गतेसम्म बिक्री खुला हुनेछ। 

एफपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई 'केयर एनपी ट्रिपल बी' इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

एफपीओ निष्काशन र बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक र वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू मार्फत 'मेरो शेयर' सफ्टवेयरको प्रयोग गरेर सि-आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्। एफपीओ निष्काशन पछि, बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्ने छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया