NIMB Header 2
Nepal Life

नबिल बैंकलाई एनबीपिए २०२४ को गोल्ड अवार्ड, उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुतिका लागि दोस्रोपटक सम्मान

National Life
  • BFIS News
  • 2025 Jul 20 12:59
नबिल बैंकलाई एनबीपिए २०२४ को गोल्ड अवार्ड, उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुतिका लागि दोस्रोपटक सम्मान
Sanima Reliance

काठमाडौं, साउन ४।  नबिल बैंक लिमिटेडले लगातार दोस्रो वर्ष राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार (NBPA)–२०२४ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गर्न सफल भएको छ। यो पुरस्कार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा प्रदान गरिएको हो।

Shikhar
NIMB

२०८०/८१ को वार्षिक प्रतिवेदनमा देखाइएको वित्तीय पारदर्शिता, संस्थागत सुशासन र उत्तरदायित्वका आधारमा बैंकलाई यो सम्मान प्रदान गरिएको हो।

नेबिल बैंकको उक्त प्रतिवेदन दक्षिण एशियाली महासंघ अन्तर्गतको SAFA BPA Awards का लागि समेत नेपालको प्रतिनिधित्व गर्दै क्षेत्रीय स्तरमा मनोनयनमा परेको छ।

हाल बैंकसँग २७ लाखभन्दा बढी ग्राहक, २६८ शाखा कार्यालय र ३२१ एटीएम छन्। नवप्रवर्तन र उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुतिमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेबिल बैंकले भविष्यमा पनि पारदर्शिता र सेवा सुधारमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया