NIMB Header 2
Nepal Life

नबिल बैंकको ऋणपत्र आजदेखि निष्काशन, ८ वर्षका लागि ७ प्रतिशत व्याजदरमा लगानी गर्ने अवसर

Citizen Life
  • BFIS News
  • 2025 Jul 22 10:55
नबिल बैंकको ऋणपत्र आजदेखि निष्काशन, ८ वर्षका लागि ७ प्रतिशत व्याजदरमा लगानी गर्ने अवसर
National Life

काठमाडौं। बैंक वित्तीय संस्थाले ४/५ प्रतिशत व्याजदर प्रदान गरिरहदा नबिल बैंकले ८ वर्ष अवधिका लागि ७ प्रतिशत व्याजदरमा लगानीको अवसर खुला गरेको छ।  

NIMB

पछिल्लो एक डेढ वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्तालाई ३ देखि ४ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन्। यस्तो समयमा लगानीकर्ताका लागि ऋणपत्र सबैभन्दा उपयुक्त लगानीको अवसर हुन सक्छ।

यहि परिवेशमा नबिल बैंकले ८ वर्षको अवधिका लागि वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७% नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्दै लगानीकर्तालाई तुलनात्मक रूपमा उच्च प्रतिफल दिने अवसर प्रदान गरेको छ। आज साउन ६ गतेदेखि बिक्री खुला भएको यस ऋणपत्रले सुरक्षित र स्थिर आम्दानी खोजिरहेका लगानीकर्तालाई आकर्षण गर्ने देखिन्छ।

यो ऋणपत्र नबिल बैंकले प्रतिकित्ता रु १,००० अंकित दरमा ३० लाख कित्ता, अर्थात् कुल ३ अर्ब रुपैयाँ बराबरको निष्काशन गर्न लागेको हो। अन्य बैंकहरूले हालसालै जारी गरेका ऋणपत्रहरूमा ब्याजदर कम रहेकाले नबिल बैंकको प्रस्ताव प्रतिस्पर्धी र तुलनात्मक रूपमा लाभदायक देखिन्छ। विशेष रूपमा, यस ऋणपत्रको ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको हिस्सा व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने छ। त्यसमा पनि ५ प्रतिशत किस्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता खरिदका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिने सुविधा छ। यसले साना तथा ठूला दुवै लगानीकर्तालाई लक्षित गरेको देखिन्छ। ऋणपत्र निष्काशन छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गतेसम्म खुला रहनेछ, जसले पर्याप्त समय उपलब्ध गराएको छ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ भने आवेदन दिने प्रक्रियामा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरूमार्फत सि-आस्बा प्रणाली प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

यस ऋणपत्रको क्रेडिट रेटिङ पनि सकारात्मक छ। इक्रा नेपालले नबिल बैंकलाई “इक्राएनपी इस्यूअर रेटिङ A” प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने सक्षमता दर्शाउँछ। आर्जित ब्याज रकम करकट्टी पश्चात प्रत्येक आर्थिक वर्षको अर्धवार्षिक अन्त्यमा भुक्तानी गरिने व्यवस्था पनि लगानीकर्ताका लागि थप पारदर्शी र विश्वसनीय बनाउने पक्ष हो।

संक्षेपमा, अन्य बैंकहरूको तुलनामा नबिल बैंकको यो ऋणपत्र उच्च ब्याजदर, बलियो क्रेडिट रेटिङ्ग, र दीर्घकालीन सुरक्षित आम्दानीको दृष्टिले बढी लाभदायक र आकर्षक विकल्प बन्न सक्छ। सुरक्षित र स्थिर प्रतिफल खोजिरहेका लगानीकर्ताहरूका लागि यो अवसर गुमाउन नहुने किसिमको देखिन्छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया