Nepal Life

ईसेवा मनी ट्रान्सफर र येहे रेमिटबीच साझेदारी, जापान–नेपाल रेमिट्यान्स सजिलो र छरितो हुने

NMB Bank
  • BFIS News
  • 2025 Jul 23 12:28
ईसेवा मनी ट्रान्सफर र येहे रेमिटबीच साझेदारी, जापान–नेपाल रेमिट्यान्स सजिलो र छरितो हुने
United Ajod

काठमाडौं, साउन ७।  एफवान सफ्ट ग्रुपअन्तर्गतको नेपालकै प्रमुख डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनी ट्रान्सफर ले जापानमा लाइसेन्स प्राप्त रेमिट्यान्स सेवा प्रदायक येहे रेमिट सँग साझेदारी गरेको छ।

Shikhar
Nepal Life
NIMB

यस साझेदारीमार्फत अब जापानबाट नेपालमा रकम पठाउने प्रक्रिया अझ सुरक्षित, छरितो र सहज बन्नेछ।

अब जापानमा रहेका नेपालीले Yehey Remit मोबाइल एप प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन्। नेपालमा पठाइएको रकम १३,८०० भन्दा बढी रेमिट एजेन्सी, १ लाखभन्दा बढी वालेट-सक्षम स्थान, प्रमुख बैंकहरू वा ईसेवा वालेट मार्फत प्राप्त गर्न सकिन्छ।

यो साझेदारीले जापानस्थित नेपाली समुदायको लागि रेमिट्यान्स पहुँच र प्रभावकारिता दुबैमा सुधार ल्याउने लक्ष्य लिएको छ

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया