NIMB Header 2
Nepal Life

ग्रीन डेभलपमेन्ट बैंकको वितरण योग्य मुनाफामा ९४ प्रतिशतले वृद्धि, लाभांश वितरण क्षमतामा उल्लेख्य सुधार

National Life
  • BFIS News
  • 2025 Jul 27 11:00
ग्रीन डेभलपमेन्ट बैंकको वितरण योग्य मुनाफामा ९४ प्रतिशतले वृद्धि, लाभांश वितरण क्षमतामा उल्लेख्य सुधार
Sanima Reliance

काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार, यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९४.७० प्रतिशतले बढेर ६ करोड ७ लाख रुपैयाँ पुगेको छ।

Shikhar
NIMB

गत वर्षको तुलनामा बैंकको मुनाफा र लाभांश दिन सक्ने क्षमतामा उल्लेख्य सुधार आएको देखिन्छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ करोड ८६ लाख रुपैयाँ नाफा कमाएकोमा, यो वर्ष ७९.५३ प्रतिशत वृद्धि गर्दै ६ करोड ९४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ।

बैंकको मुनाफा वृद्धि मुख्यतः खुद ब्याज आम्दानीको वृद्धिसँगै इम्पेरमेन्ट चार्जमा आएको गिरावटका कारण भएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशतले वृद्धि भई २१ करोड ५० लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.०१ प्रतिशतले बढेको छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १९.२६ प्रतिशतले बढेर २९ करोड ५९ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा पनि ७२.७९ प्रतिशतले बढेर ११ करोड ९७ लाख रुपैयाँ पुगेको छ। बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको २ करोड ८९ लाख रुपैयाँबाट घटेर ६८ लाख रुपैयाँमा झरेको छ।

यस मुनाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) ५ रुपैयाँ १ पैसाले वृद्धि भई १२ रुपैयाँ १८ पैसा पुगेको छ। वितरणयोग्य मुनाफा प्रतिशेयर १० रुपैयाँ ६७ पैसा पुगेको छ भने नेटवर्थ १२२ रुपैयाँ ११ पैसा कायम छ। असार मसान्तसम्ममा बैंकको मूल्य-आम्दानी अनुपात (P/E Ratio) १२२.०७ गुणा रहेको छ।

५६ करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा हाल १२ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ४ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको वित्तीय प्रदर्शनले आगामी दिनमा लगानीकर्तालाई आकर्षित गर्ने र लाभांश वितरणको सम्भावनालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया