NIMB Header 2
Nepal Life

आईसीएफसी फाइनान्स लिमिटेडद्वारा नलिएको लाभांश दाबी गर्न शेयरधनीलाई आग्रह

Muktinath Bank
  • BFIS News
  • 2025 Jul 27 11:48
आईसीएफसी फाइनान्स लिमिटेडद्वारा नलिएको लाभांश दाबी गर्न शेयरधनीलाई आग्रह
National Life

काठमाडौं, साउन ११।   आईसीएफसी फाइनान्स लिमिटेड (ICFC) ले आफ्नो शेयरधनीहरूलाई पुराना वर्षहरूमा छुटेको नलिएको नगद लाभांश दाबी गर्न आग्रह गरेको छ।

NIMB

कम्पनीले हालै सूचना प्रकाशित गर्दै शेयरधनीहरूलाई शेयर प्रमाणपत्र तथा बैंक खाता डिम्याट गर्न समेत अनुरोध गरेको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८०/८१ सम्मको नगद लाभांश कतिपय शेयरधनीहरूले अझैसम्म नलिएको जनाइएको छ। ती वर्षहरूमा कम्पनीले नगद लाभांश वितरण गरेपनि केही शेयरधनीहरूले हालसम्म दाबी नगरेकोले उक्त लाभांश लिन कम्पनीले आग्रह गरेको हो।

कम्पनीले Global IME Capital Limited, भाटभटेनी, काठमाडौं मा उपस्थित भई शेयर प्रमाणपत्र वा डीम्याट खाता, परिचयपत्र तथा आवश्यक कागजात सहित लाभांश बुझ्न शेयरधनीहरूलाई अनुरोध गरेको छ।

ऋण लिएर शेयर राखेका लगानीकर्ताका लागि विशेष सूचना

यदि कुनै योग्य लगानीकर्ताले बुक क्लोज मितिभन्दा अघि कम्पनीको शेयर धितो राखेर ऋण लिएको भएमा, उनले लाभांश लिन आफ्नो ऋणदाता संस्थाबाट 'No Objection Letter' पेश गर्नुपर्नेछ।

हाल कारोबार भइरहेको आधारमा ICFC Finance Limited को अन्तिम कारोबार मूल्य (LTP) रू. ७०१.१३ रहेको छ।

कम्पनीले शेयरधनीहरूलाई समयमै लाभांश बुझ्न र कागजी शेयरलाई डिम्याटमा रूपान्तरण गर्न पनि विशेष ध्यान दिन आग्रह गरेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया