NIMB Header 2
Nepal Life

सानिमा बैंकले फोनपे सँगको सहकार्यमा इन्टर-बैंक क्युआर क्यास विद्ड्रअल सेवा सुरु

National Life
  • BFIS News
  • 2025 Jul 27 11:52
सानिमा बैंकले फोनपे सँगको सहकार्यमा इन्टर-बैंक क्युआर क्यास विद्ड्रअल सेवा सुरु
Sanima Reliance

काठमाडौं, साउन ११। सानिमा बैंकले फोनपे सँगको सहकार्यमा इन्टर-बैंक क्युआर टेलर क्यास विद्ड्रअल सेवा सुरु गरेको छ।

 

Shikhar
NIMB

यो सेवा डिजिटल बैंकिङ प्रवर्धन गर्ने र नगद कारोबार घटाउने उद्देश्यले ल्याइएको हो।

नवीनतम प्रविधिमा आधारित यस सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले सानिमा बैंकका शाखाबाट क्युआर स्क्यान गरी नगद झिक्न सक्नेछन्। यसैगरी, सानिमा बैंकका ग्राहकले पनि अन्य बैंकका शाखाबाट यो सेवा प्रयोग गर्न सक्नेछन्।

आपतकालीन अवस्थामा उपयोगी सेवा

यो सेवा विशेषगरी आपतकालीन अवस्थामा वा एटीएम पहुँच सीमित रहेका स्थानहरूमा अत्यन्तै उपयोगी हुने बैंकले जनाएको छ। साथै, अन्य बैंकमा खाता नभएका ग्राहकहरूका लागि सेवा शुल्क भुक्तानी तथा विदेशी मुद्रा सटही समेत यसैमार्फत गर्न सकिने सुविधा रहेको छ।

सानिमा बैंक हाल देशभर १३४ शाखा र १२७ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल प्रविधि मार्फत सहज, सुरक्षित र भरपर्दो बैंकिङ सेवा विस्तार गर्न निरन्तर नयाँ पहल गरिरहेको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया