NIMB Header 2
Nepal Life

आरम्भ चौतारी लघुवित्तले मुनाफामा उल्लेख्य सुधार गर्दै बनायो लाभांश दिन सक्ने क्षमता, प्रतिशेयर आम्दानी २५ रुपैयाँ

National Life
  • BFIS News
  • 2025 Jul 30 11:54
आरम्भ चौतारी लघुवित्तले मुनाफामा उल्लेख्य सुधार गर्दै बनायो लाभांश दिन सक्ने क्षमता, प्रतिशेयर आम्दानी २५ रुपैयाँ
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको देखिएको छ।

Shikhar
NIMB

गत वर्षको सोही अवधिमा ६ लाख ८० हजार रुपैयाँ नाफा कमाएको लघुवित्तले हालको आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ। इम्पेरमेन्ट चार्ज रिभर्स हुनुका साथै खुद ब्याज आम्दानीमा वृद्धि हुनु नै नाफा वृद्धिको मुख्य कारण हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.८९ प्रतिशतले बढेको छ भने अन्य सञ्चालन आम्दानी २६.७५ प्रतिशतले बढेको छ। यसैगरी, कुल सञ्चालन आम्दानी ३१.९२ प्रतिशतले र सञ्चालन मुनाफा झन् उल्लेख्य ९३६.१३ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा लघुवित्तले २ करोड ३८ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेको छ, जसले मुनाफामा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको हो।

नाफा वृद्धिसँगै प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा लघुवित्तको EPS अघिल्लो वर्षको तुलनामा २५ रुपैयाँ ५३ पैसाले बढेर २५ रुपैयाँ ७२ पैसा पुगेको छ। असार मसान्तसम्ममा मूल्य आम्दानी अनुपात (P/E Ratio) ४२.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा रहेको छ।

हाल लघुवित्तको चुक्ता पूँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा २० करोड ६२ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले समीक्षावधिसम्ममा ५ अर्ब २५ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गर्दै ५ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया