NIMB Header 2
Nepal Life

सानिमा बैंकमा रोजगारीको अवसर

National Life
  • BFIS News
  • 2025 Jul 31 04:46
सानिमा बैंकमा रोजगारीको अवसर
Sanima Reliance

काठमाडौं। सानिमा बैंक लिमिटेडले अत्यन्त प्रेरित, रचनात्मक, परिणाममुखी तथा सक्षम नेपाली नागरिकहरूबाट सुपरभाइजरदेखि सिनियर अफिसरसम्मका पदहरूमा दरखास्त आह्वान गरेको छ। बैंकले दक्ष जनशक्तिको खोजी गर्दै मुख्य कार्यालयका लागि नियुक्त गरिने गरी योग्य उम्मेदवारहरूलाई आवेदन दिन अनुरोध गरेको हो।

Shikhar
NIMB

सुपरभाइजर पदका लागि उम्मेदवारले म्यानेजमेन्ट संकायको स्नातक तहको अध्ययन पूरा गरेको हुनुपर्छ साथै आंशिक चार्टर्ड एकाउन्टेन्ट (CA) वा ACCA को योग्यतासमेत भएको हुनुपर्छ। त्यस्तै, असिस्टेन्ट अफिसर, अफिसर र सिनियर अफिसर पदका लागि म्यानेजमेन्ट संकायमा स्नातकोत्तर तहको डिग्रीसहित पूर्ण चार्टर्ड एकाउन्टेन्ट (CA) को उपाधि प्राप्त गरेको हुनुपर्नेछ।

अनुभवका हिसाबले सुपरभाइजर पदका लागि कम्तीमा १ वर्ष, असिस्टेन्ट अफिसरका लागि २ वर्ष, अफिसरका लागि ३ वर्ष र सिनियर अफिसर पदका लागि कम्तीमा ४ वर्ष बैंकिङ अडिटसम्बन्धी अनुभव अनिवार्य गरिएको छ। साथै, २०८२ साल साउन २८ गते (August 13, 2025) सम्म उम्मेदवारको उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ।

उम्मेदवारले आफ्नो व्यक्तिगत तथा व्यवसायिक विवरण स्पष्ट रूपमा उल्लेख गर्नुका साथै हाल कार्यरत संस्था र त्यहाँको कर्पोरेट पद समेत स्पष्ट रूपमा खुलाउनुपर्नेछ। हाल कार्यरत पदभन्दा एक स्तरमात्र माथिको पदका लागि पनि आवेदन दिन सकिने बैंकले उल्लेख गरेको छ।

केवल छनोट सूचीमा परेका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ता तथा थप छनोट प्रक्रियाका लागि बोलाइनेछ। लामो अनुभव भएको अवस्थामा शैक्षिक योग्यतालाई दोस्रो प्राथमिकता दिइने व्यवस्था गरिएको छ। साथै, सानिमा बैंकले कुनै पनि आवेदन स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार सुरक्षित राखेको छ, र यससम्बन्धी निर्णय अन्तिम तथा बाध्यकारी हुनेछ। छनोट प्रक्रियाको कुनै पनि चरणमा सिफारिस वा दबाब दिइएमा उम्मेदवारी स्वतः रद्द हुने बैंकले उल्लेख गरेको छ। 

आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया