NIMB Header 2
Nepal Life

महुली लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबैमा उल्लेख्य वृद्धि, ३३ प्रतिशत लाभांश दिन सक्ने क्षमता

National Life
  • BFIS News
  • 2025 Jul 31 10:57
महुली लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबैमा उल्लेख्य वृद्धि, ३३ प्रतिशत लाभांश दिन सक्ने क्षमता
Sanima Reliance

काठमाडौं, साउन १५ गते। महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार संस्थाको खुद नाफा र प्रतिशेयर आम्दानी (EPS) दुबै अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ।

Shikhar
NIMB

लघुवित्तले समीक्षा अवधिमा ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २५५.८० प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा ४३.०२ प्रतिशत र अन्य सञ्चालन आम्दानीमा २.५२ प्रतिशतको वृद्धि हुनुका साथै इम्पेरमेन्ट चार्जमा आएको कमीले गर्दा नाफा उल्लेख्य रूपमा बढेको हो। यस अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ३६.३० प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २३२.३३ प्रतिशतले वृद्धि भएको छ।

असार मसान्तसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा १२ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ५७ पैसा रहेको छ। सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९८ पैसाले बढेर ३० रुपैयाँ ८६ पैसामा पुगेको छ।

महुली लघुवित्तको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E ratio) ४१.८६ गुणा पुगेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा कोषमा ४२ करोड ३१ लाख रुपैयाँ सञ्चित गरिएको छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ७४ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५ अर्ब २४ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

महुली लघुवित्तको वित्तीय अवस्था र नाफाको प्रदर्शन हेर्दा लगानीकर्ताका लागि सकारात्मक संकेत देखिएको विश्लेषणकर्ताहरूको भनाइ छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया