नेपाल वाणिज्य संघद्वारा CDSC को नयाँ शेयर निर्देशन फिर्ता लिन माग, लगानीकर्ताको जोखिम र बजार अस्थिरताको चेतावनी

  • BFIS News
  • 2025 Aug Sun 13:41
नेपाल वाणिज्य संघद्वारा CDSC को नयाँ शेयर निर्देशन फिर्ता लिन माग, लगानीकर्ताको जोखिम र बजार अस्थिरताको चेतावनी

काठमाडौं, साउन १८।  नेपाल वाणिज्य संघ (एनसीसी) ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) द्वारा प्रस्तावित “धितोपत्र डीम्याट सञ्चालन कार्यविधि २०८२” लाई अव्यवहारिक र लगानीकर्ताको विश्वासविरुद्धको भन्दै कडा विरोध गरेको छ।

संघले कार्यविधिमा उल्लेखित मुख्य प्रावधानहरू—जसमा प्रवर्तक र सार्वजनिक शेयरलाई छुट्टै ISIN नम्बर दिने र लक–इन अवधि पूरा भएपछि स्वचालित रूपमा हुने रूपान्तरण रोक्ने व्यवस्था—प्रचलित अन्तर्राष्ट्रिय अभ्यासविपरीत रहेको जनाएको छ। यस्ता व्यवस्थाले बजारमा भ्रम र अनिश्चितता फैलाउने, लगानीकर्ताको मनोबल कमजोर पार्ने, र नेपालजस्तो प्रारम्भिक चरणको पूँजी बजार अस्थिर बनाउने संघको तर्क छ।

एनसीसीले विद्युत्, सिमेन्ट, उत्पादनमूलक उद्योगजस्ता क्षेत्रहरूमा यसको गम्भीर आर्थिक प्रभाव पर्ने चेतावनी दिँदै धितोपत्र बोर्ड (SEBON) र सरकारलाई हस्तक्षेप गरी कार्यविधिलाई संशोधन गर्न आग्रह गरेको छ।

संघले पूँजी बजारको दीर्घकालीन स्थायित्व, तरलता तथा विकासका लागि लगानीकर्ता–मैत्री नीति आवश्यक भएको भन्दै वर्तमान निर्देशिकाले बजारको गति र विश्वासमा प्रतिकूल असर पार्न सक्ने स्पष्ट चेतावनी दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया